शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

उपाधिका लागि पुलिससंग खेल्ने

उपाधिका लागि पुलिससंग खेल्ने

गण्डकी ५ खेलबाट ११ अंक र पर्वत १० अंकसहित पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका भन्दै आयोजकले यिनै दुई टिम उपाधिका लागि खेल्ने उद्घोष गर्‍यो ।


  • ढोरपाटन संवाददाता
  • माघ १७ २०८२, शनिबार

पोखरा /शुक्रबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा दर्शकको उपस्थिति बाक्लो थियो । आठ सय रुपैयाँ टिकट तिरेर दर्शकहरु भलिबल हेर्न पुगेका थिए । शुक्रबार पर्वत भलिबल संघ र गण्डकी प्रदेशबीचको खेल थियो । उक्त खेलले फाइनलमा को जाने भन्ने निर्णय पनि गर्थ्यो। फाइनल खेलकै रुपमा लिइएको खेलमा यदि सोझो सेटमा हारेको खण्डमा एक टोली बाहिरिने अवस्था थियो भने खेल ५ सेटमा पुगेको अवस्थामा दुवै टोली फाइनल पुग्ने समीकरण बनेको थियो ।

यो समीकरण बिहीबार भएका खेलका कारणले सम्भव भएको थियो । अधिकांशले गण्डकीले सोझो सेटमै वा पर्वतले सोझो सेटमै लैजाने आकलन गरेका थिए । खेल चलिरहँदा त्यस्तै देखियो ।

पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २२–२५ ले गुमाउन पुग्यो । पुनः तेस्रो सेटमा २५–२२ ले जित निकाल्यो । चौथो सेटको सुरुवातदेखि गण्डकी खेलमा हाबी भयो । एक समय गण्डकी १९–१४ को बलियो स्थितिमा थियो । सबैले गण्डकीले खेल जित्ने सोचे तर, गण्डकीले एकाएक पर्वतलाई अंक दिँदैँ उक्त सेटमा नाटकीय प्रदर्शन गर्दै २३–२५ ले पर्वतलाई सुम्पिँयो । पाँचौं सेटमा १५–१३ को जित निकाल्दै गण्डकीले २ अंक प्राप्त ग¥यो । पाँचौं सेटमा पराजित पर्वतले एक अंक पायो । गण्डकी ५ खेलबाट ११ अंक र पर्वत १० अंकसहित पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका भन्दै आयोजकले यिनै दुई टिम उपाधिका लागि खेल्ने उद्घोष गर्‍यो ।

तर फाइनलमा भने पर्वत नभइ पुलिसले खेल्ने भएको छ । यस विषयमा आयोजक कमिटी राती अबेर बैठक बस्दै निर्णय सच्याएको हो ।

१० अंक रहेको पर्वत सेटका आधारमा पर्वतभन्दा पछि रहँदै अंक तालिकाको तेस्रो स्थानमा रह्यो । त्रिभुवन आर्मी क्लब चौथो, सशस्त्र प्रहरी बल एपीएफ पाँचौं र माल्दिभ्स भलिबल एसोसियसन छैटौं भयो ।

गण्डकी र पुलिसबिचको फाइनल खेल शनिबार दिउँसो २ बजेबाट सुरु हुनेछ । त्यसभन्दा अघि तेस्रो स्थानका लागि खेल हुनेछ । तेस्रो स्थानका लागि अंक तालिकाको तेस्रो स्थानमा रहेको पर्वत र चौथो स्थानमा रहेको आर्मी भिड्नेछ । उक्त खेल बिहान ११ बजेबाट सुरु हुनेछ । च्याम्पियनसिपमा विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६, उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टोली २ लाख ६ हजार ६६६ रुपैयाँ पाउनेछन् ।

त्यसअघि भएको महिलातर्फका फाइनलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्ड स्पोट्स क्लबले उपाधि जितेको थियो । न्यू डायमण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पा¥यो ।

न्यू डायमण्डकी सुमित्रा रेग्मी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी बनिन् । उनले २६ हजार ६६६ रुपैयाँ पाइन् । सर्भर प्रतिभा माली, लिविरो शान्तिकला तामाङ, सेटर प्रगती नाथ, ब्लकर सुनिता खत्री, स्पाइकर पथैया र प्रशिक्षक कुमार राई विधागततर्फ उत्कृष्ट बने । उनीहरुले जनही ११ हजार ६६६ हात पारे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->