शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

टाइगर कप : आमीलाई हराउँदै पर्वत तेस्रो

टाइगर कप : आमीलाई हराउँदै पर्वत तेस्रो


  • ढाेरपाटन संवाददाता
  • माघ १७ २०८२, शनिबार

पोखरा/छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपको पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघ तेस्रो बनेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत शनिबार तेस्रो स्थानका लागि भएको खेलमा पर्वत भलिबलले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।

पर्वत भलिबलले पहिलो सेट २५–१९, दोस्रो सेट २९–२७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पा¥यो । तेस्रो बनेसँगै पर्वत भलिबलले २ लाख ६ हजार ६६६ रुपैयाँ पाएको छ । अब उपाधिका लागि गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्दै छन् । उक्त खेल दिउँसो २ बजेबाट सुरु हुनेछ ।

च्याम्पियनसिपमा विजेता हुने टोलीले ६ लाख ६६ हजार ६६६ र उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ पाउनेछन् । यसअघि शुक्रबार भएको महिलातर्फको फाइनलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्ड स्पोट्स क्लबले उपाधि जितेको थियो । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ ९ गतेदेखि सुरु भएको च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोली सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->