शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पर्पल हेज एभीएमले जित्यो उपाधि

पर्पल हेज एभीएमले जित्यो उपाधि


  • ढाेरपाटन संवाददाता
  • माघ १७ २०८२, शनिबार

बागलुङ/बागलुङ एकता क्लबको आयोजनामा भएको तेस्रो स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता–२०८२ को उपाधि पर्पल हेज एभीएमले जितेको छ । क्लबका दिवंगत सदस्यहरूको स्मरणमा आयोजित प्रतियोगिता अन्तरगत शनिवार भएको फाइनल खेलमा प्रतिस्पधी संकल्प पुर्नस्थापना केन्द्रलाई २ का बिरुद्ध ३ गोलले पराजित गर्दै पर्पलले उपाधि जितको हो ।

११ टिमको सहभागीता रहेको प्रतियोगिताको उपाधिका लागि पर्पल हेज एभीएमका अभिषेक केसी, सविन नेपाली र अन्तिम तथा निर्णायक गोल अंकित जिसीले गरे । संकल्पका लागि सन्दिप मल्ल र सनिस श्रेष्ठले गोल गरेका थिए । दोस्रो स्मृति रनिङ शिल्डमा उपविजेता बनेको संकल्प यस पटक पनि उपविजेता बनेको छ ।

माघ १३ गतेदेखी बागलुङ नगरपालिका–१ स्थित बंगचौर खेलमैदानमा संचालन भएको प्रतियोगिताको विजेता टिम पर्पलले दुई लाख नगद सहित रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको टिम संकल्पले एक लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लवका अध्यक्ष साहिल खड्काले बताए ।

त्यस्तै, सेमिफाइनलमा पराजित रुद्रेपिपल युवा क्लव र आयोजनक बागलुङ युनिटी बिले नगद २०÷२० हजार प्राप्त गरेको अध्यक्ष खड्काले बताए । प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीको रुपमा पर्पलका निशान थापा, सर्वाधिक गोलकर्तामा पर्पलकै अभिषेक केसी, उत्कृष्ट गोलरक्षकमा पर्पल कै सन्दिप क्षेत्री र बेष्ट डिफेन्डरमा संकल्पका सनिस श्रेष्ठ पुरस्कृत भए ।

प्रतियोगिताका बिजेता टिम तथा खेलाडिलाई नगरप्रमुख बसन्तकुमार श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरेका थिए । क्लवले दिवंगत सदस्यहरु सुशिल केसी, सुनिल पुन, नविन पुन, सागर शर्मा, दिपक बस्नेत, बिवेक श्रेष्ठ, क्षितिज श्रेष्ठ, सुनिल केसी, अशिष खत्री र जित घर्तीको सम्झनामा प्रतियोगिता संचालन गर्दै आएकोे क्लबका सचिव रमेश भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->