पोखरा/कास्कीको पोखरा महानगरपालिका वडा नम्बर –२७मा रहेको राइजिङ स्टार युथ क्लवले माघ २१ गते देखि २४ गतेसम्म नवौं वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
सभ्य समाजको निर्माण,राइजिङ स्टार युथ क्लवको अभियान भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको भलिवल प्रतियोगिताका बारेमा जानकारी दिने उद्देश्यले आइतबार राखिएको पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष अनिल गुरुङले क्लवले युवालाई खेलतर्फ आर्कषण गर्न प्रतियोगिताको आयोजना गर्न लागेको बताए ।
प्रतियोगितामा करिव १५ टिमको सहभागीता रहने आयोजकको भनाइ छ ।पोखरा महानगरपालिका वडा नम्वर २७ को भण्डारी टोल स्थित भलिवलकोडमा संचालन हुने खेलका विजयी समुहले एक लाख ११ हजार एक सय ११, उप विजेता समूहले ५५हजार पाँच सय ५५ र तृतिय हुने दुई समुहलाई १०÷१० हजार प्रदान गरिने छ भने अन्य उत्कृष्ठ खेलाडीलाई विधा अनुसारको पुरस्कार प्रदान गरिने भएको छ ।
चार दिनसम्म चल्ने प्रतियोगितामा करिव आठ लाख खर्च लाग्ने र प्रायोजक ,सह प्रयोजक र सहयोगी संघ सस्थाबाट करिव १० लाख आम्दानी गर्ने लक्ष्य राखिएको छ भने खेलबाट बचत भएको रकमलाई खेलकुदको क्षेत्रमा खर्च गरिने क्लवको उदेस्य रहेको छ ।
कार्यक्रममा वोल्दै पोखरा महानगरापालिका वडा नम्वर २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङले खेलकुदको विकासका लागि वडाबाट तीन लाख रकम विनोयोजन भएको बताउदै खेलकुदको क्षेत्रमा लाग्ने खेलाडीले अनुशासनका कुरा सिक्ने भएकाले खेललाई सभाद्र पुर्ण रुपले संचालन गर्नका लागि वडाले सवै प्रकारका सहयोग गर्न तयार रहेको बताएका थिए ।
क्लवका अध्यक्ष अनिल गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष विष्णु गुरुङ र प्रविण गुरुङ लगाएतले खेलकुदले शारिरिक र मानसिक स्वच्छता देखि अनुशासनका बारेमा सचेत गराउने धारणा राखेका थिए ।





