बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कवि शिरोमणि स्कूलको वार्षिकोत्सव

कवि शिरोमणि स्कूलको वार्षिकोत्सव


  • ढोरपाटन संवाददाता
  • माघ २० २०८२, मंगलबार

पोखरा/पोखरा महानगरपालिका वडा नं २७ अर्घौं अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयले आफ्नो ६३ औँ वार्षिक उत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ मनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तथा पोखरा महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले विद्यालयले गरेका विभिन्न क्रियाकलापहरूको प्रशंसा गर्दै विद्यालयको सकारात्मक कार्यहरूमा वडा कार्यालयको तर्फबाट र व्यक्तिगत तर्फबाट विगत नौ वर्षदेखि लगातार सहयोग गर्दै आएको र आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सबै पक्ष थप जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न अनुरोधसमेत गरेका हुन् ।

कार्यक्रमका सभापति दिपेन्द्र शर्माले स्वागत मन्तव्य राख्दै सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । विद्यालयको प्रगति देखेर आफू अत्यन्त खुसी भएको र थप प्रगति गर्ने हुटहुटी रहेको बताएका छन् । कार्यक्रममा कृष्णमणि लामिछाने, रामजी पौडेल, कोपिला धिताल, तारा शर्मा, जानुका पराजुली, हरि पौडेललगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

उक्त कार्यक्रममा विद्यार्थीहरूले विज्ञान प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, सन्देशमूलक नाटक तथा विभिन्न लेख रचना प्रस्तुत गरेका थिए। विद्यालयका प्रधानाध्यापक गोविन्द सुवेदीले प्रअको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक वेदनाथ अधिकारीले सञ्चालन गरेका हुन् । कार्यक्रममा धन्यवाद ज्ञापन एवं सभा विसर्जन शिक्षक अभिभावक संघ संयोजक राममणि पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->