शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

नेपालको फाइनल सपना बंगलादेशको हातमा

नेपालको फाइनल सपना बंगलादेशको हातमा

फाइनलका लागि बंगलादेशले कुन टिम रोज्ने भन्ने बंगलादेशकै हातमा छ ।


  • ढोरपाटन संवाददाता
  • माघ २१ २०८२, बुधबार

पोखरा/पोखरामा जारी साफ यु १९ महिला च्याम्पियनसीपमा बंगलादेशले फाइनलको यात्रा तय गरिसकेको छ । उपाधिकै दाबेदार देखिएको बंगलादेशले ३ मध्ये २ खेलमा जीत हासिल गरेको छ । अब नेपालसंग खेल्न बाकीँ छ ।

१ खेल अगावै फाइनलको यात्रा तय गरिसकेको बंगलादेश आज नेपालसँग अन्तिम खेल खेल्दैछ । जुन खेलले फाइनलमा कुन राष्ट्र जाने भन्नेसमेत निर्धारण गर्दछ । जारी च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । सिंगल राउन्डरोविन लिगको आधारमा खेलाइएको खेलमा भारत र नेपालको २ खेलमा समान १–१ जित छ । भुटान भने २ खेलमा हार व्यहोर्दै फाइनल होडबाट बाहिरिएको छ ।

आज पोखरा रंगशालास्थित फुटबल मैदानमा दुई खेल हुँदैछन् । १२ बजे भारत र भुटानबीच खेल हुनेछ भने ३ बजे नेपाल र बंगलादेश खेल्नेछन् ।

भुटान कमजोर टिम भएकाले भारतले जित्ने करिब पक्काजस्तो देखिन्छ । बंगलादेश विरुद्ध १२–० को हार व्यहोरेको भुटानले आफुलाई सुधार गर्दै नेपालसँग २–१ को हार व्यहोरेको थियो । यो हिसाबले पनि प्रतिष्ठाको खेलमा भुटानले भारतलाई कडा टक्कर दिने देखिन्छ । यद्यपि भारत अर्को दाबेदार टिम हो । भुटानमाथि बंगलादेशकोझैँ फराकिलो गोलअन्तर निकाल्न सकेको खण्डमा नेपालले अन्तिम खेलमा बंगलादेशलाई हराएमात्रै पनि पुग्दैन । फराकिलो गोल अन्तरले नै हराउनुपर्ने हुन्छ । किनकि, भारत र नेपाल दुवैको बराबरी अंक रहेको छ ।

भारतले पनि जितेर मात्रै पुग्दैन्,फाइनलमा जान नेपाल र बंगलादेश बिचको खेलमा निर्भर हुनेछ । फाइनलका लागि बंगलादेशले कुन टिम रोज्ने भन्ने बंगलादेशकै हातमा छ ।

दोस्रो खेलमा बंगलादेश र नेपाल खेल्दैछ । अघिल्लो खेलको नतिजामा समेत निर्भर हुने खेलमा सम्भवत बंगलादेशले सुरुवाति ११ मा व्यापक परिवर्तन गर्न सक्ने अवस्था रहन्छ । बंगलादेशलाई फाइनलमा भारतभन्दा नेपाल पुगेको फाइदा देखिन्छ ।

यस्तो समिकरण बन्नुको मुख्य कारण नेपालले भुटानविरुद्धको खेलमा २–१ को संघर्षपूर्ण जित निकाल्नु हो । जुन नेपालको लागि घातक हुन पुग्यो । भारतसंग १–० को हार व्यहोरेको नेपाल भुटानमाथि उत्कृष्ट प्रदर्शनीको अपेक्षा गरे पनि सो अनुसार हुन सकेन् ।

जारी च्याम्पियनसिपमा भारत र भुटानलाई हराएको बंगलादेशको कुल ६ अंक रहेको छ । भुटानमाथि जित र भारतसंग हारेको नेपालको ३ अंक छ । यस्तै नेपालमाथि जीत र बंगादेशविरुद्ध हार व्यहोरेको भारतको पनि ३ अंक छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->