शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बालमन्दिर क्रिकेटको सेमीफाइनलमा

बालमन्दिर क्रिकेटको सेमीफाइनलमा


  • ढोरपाटन संवाददाता
  • माघ २१ २०८२, बुधबार

पोखरा/बालमन्दिर मावि प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ । प्रतिभा माविको आयोजना पोखरा महानगरपालिका क्रिकेट संघको प्राविधिक सहयोग तथा समन्वयमा भइरहेको प्रतियोगितामा वाराही माविले भने पहिलो जीत दर्ता गरेको छ ।

समूह ‘डी’ अन्तर्गत लिग चरणको पहिलो खेलमा ग्लोबल कलेजियटलाई ६ विकेटले पराजित गरेको बालमन्दिरले बुधबार भएको आफ्नो दोस्रो खेलमा डायमण्ड माविलाई ७० रनको फराकिलो अन्तरले पराजित गर्दै कुल ४ अंकसहित सेमीफाइनल यात्रा सुनिश्चित गरेको हो । यस समूहमा रहेका डायमण्ड मावि र ग्लोबल कलेजियट जीतविहीन् छन् । यी दुई टोलीको लिग चरणको अन्तिम खेल बुधबार सान्त्वना जितका लागि खेल्नेछन् ।

प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा नेपाल भारत मैत्री विद्यालयलाई पराजित गर्दै वाराही माविले सेमीफाइनल पुग्ने आशा जीवितै राखेको छ । समूह ‘सी’ अन्तर्गत भएको पहिलो खेलमा प्रतिभा माविसँग ३ विकेटले पराजित वाराही माविले मंगलबारको खेलमा नेपाल भारत मैत्री विद्यालयलाई पराजित गर्दै पहिलो जित दर्ता गरेको हो । प्रतिभा मावि र वाराही माविको एक÷एक जित भएकाले अब सेमीफाइनल यात्रा सुनिश्चित गर्न माघ २२ गते यी दुई टोली आमनेसामने हुनेछन् ।

लगातार दोस्रो जित दर्ता गने क्रममा मंगलबार बाल मन्दिर माविले डायमण्ड माविलाई ७० रनको फराकिलो अन्तरले पराजित गर्यो । टस जितेर डायमण्डले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि व्याटिङमा आएको बाल मन्दिरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२६ रन बनायो ।

१२७ रनको बिजय लक्ष्य पछ्याएको डायमण्ड मावि १३.३ ओभरमा सबै विकेट गुमाएर केवल ५६ रनमा समेटियो । सो खेलमा व्याटिङमा १५ रन तथा ६ विकेट लिएका सुमन अधिकारी प्लेयर अफ द म्याच घोषित भए ।

मंगलबारको दोस्रो खेलमा वाराही माविले नेपाल भारत मैत्री विद्यालयलाई ३४ रनले हरायो । टस जितेर नेपाल भारत मैत्रीले फिल्डिङ गरेपछि पहिले व्याटिङमा उत्रिएको १८.२ ओभरमा सबै विकेट गुमाएर १०९ रनको योगफल तयार ग¥यो ।

११० रनको विजय लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रिएको नेपाल भारत मैत्रीले १५ ओभरमा सबै विकेट गुमाएर केवल ७५ रन मात्रै बनाउँदा पहिलो खेलमै पराजय बेहोर्नु प¥यो ।

प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो खेलमा टप्स मावि र छोरेपाटन मावि तथा दोस्रो खेलमा डायमण्ड मावि र ग्लोबल कलेजियट मावि प्रतिष्पर्धामा उत्रिने छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->