शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

राईजिङ्ग स्टारलाई भलिबलको उपाधि

राईजिङ्ग स्टारलाई भलिबलको उपाधि


  • ढोरपाटन संवाददाता
  • माघ २५ २०८२, आइतबार

पोखरा/नवौं संस्करणको राईजिङ्गस्टारवडास्तरीय भलिबलको उपाधि आयोजकले जितेको छ । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानी स्थित भण्डारी टोलमा आयोजित प्रतियोगितामा ढोरपाटनलाई हराउँदै आयोजक राईजिङ्ग स्टार युथ क्लबले उपाधि जितेको हो ।

उपाधिसंगै आयोजकले एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगद प्राप्त गरेको छ । पहिलो सेट जिते पनि लगातार राईजिङ्ग स्टारले २ सेट जितेपछि उपविजेता बनेको बागलुङ्गको ढोरपाटन समूहले रु ५५ हजार पाँच सय ५५ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

क्लबका अध्यक्ष तिलबहादुर गुरुङ अनिलको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका आजीवन संरक्षक पोखरा महानगरपालिका वडा नम्वर २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ, वडा सदस्य जितेन्द्रबहादुर क्षत्री, क्लबका पूर्व अध्यक्ष यमप्रसाद गुरुङ, संस्थापक अध्यक्ष प्रदिप गुरुङ लगायतले उत्कृष्ट खेलाडी राईजिङ्ग स्टारका सञ्जु विक्रम शाह, उत्कृष्ट सर्भर ढोरपाटनका सञ्जोक परियार, डिफेण्डर जीवन भण्डारी, स्पाइकर कमल सुनार, उत्कृष्ट ब्लकर राईजिङ्ग स्टारका विश्वास अधिकारी, उत्कृष्ट सेटर अशोक ठकुरी लगायतलाई पुरस्कार वितरण गरेका थिए । पूर्व अध्यक्ष विष्णुप्रसाद गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए। प्रतियोगितामा १५ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->