बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हिल प्वाईन्ट विद्यालयमा अभिभावक संघ गठन

हिल प्वाईन्ट विद्यालयमा अभिभावक संघ गठन


  • ढोरपाटन संवाददाता
  • माघ २५ २०८२, आइतबार

पोखरा/पोखरा महानगरपालिका १२ माटेपानीमा रहेको हिल प्वाईन्ट माध्यमिक विद्यालयमा अभिभावक संघ गठन भएको छ । रेनु गुरुङ थापाको अध्यक्षतामा गठन भएको अभिभावक संघको सदस्यहरुमा शेषकान्त सापकोटा, मनोहरि पौडेल, भोज बहादुर कार्की, अप्सरा गुरुङ, प्रकाश वास्तोला र पुस्कर थापा मगर रहेका छन् ।

कार्यक्रममा बोल्दै हिल प्वाईन्ट माध्यमिक विद्यालयका प्राचार्य दिवाकर जैसीले विद्यालयले विगत केही वर्षदेखि उत्कृष्ट नतिजा निकालिरहेको बताउँदै विद्यालयले व्यावहारिक शिक्षामा जोड दिएको बताए । प्राचार्य जैसीले विद्यालयले पढाईसँगसँगै विद्यार्थीहरूलाई विभिन्न अतिरिक्त क्रियाकलापहरुमा पनि सहभागी गराउँदै आएको बताए । पोखरा १२ मा रहेको यस विद्यालयले आगामी दिनमा सम्पूर्ण अभिभावकहरूको साथ लिँदै शिक्षाको गुणस्तरमा वृद्धि गर्ने र विद्यालयको सुधार र व्यवस्थापनमा ध्यान दिने समेत प्राचार्य जैसीले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजुली वहादुर गुरुङले विद्यार्थीहरू आर्कषण गर्नको लागि विद्यालयहरूले विभिन्न योजनाहरू ल्याएको बताए । हिल प्वाइन्ट मा.विमा हाल ८५० जना विद्यार्थी अध्ययनरत छन् भने ८३ जना कर्मचारीहरू रहेका छन् । स्कुलले प्लस टुमा मोफसलमा नै पहिलो चोटी फाइन आर्टको कक्षा सञ्चालन गरेको छ । स्कुलमा साइन्स, व्यवस्थापन, होटल म्यानेजमेन्ट विषयमा कक्षा सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->