पोखरा/आइसिसी टि २० विश्वकपमा आज नेपालले इंग्ल्याण्डको सामना गर्दैछ । मुम्बईको वाङखडे स्टेडियममा नेपालले २ पटकको च्याम्पियन इङ्ल्यान्डसँग आफ्नो पहिलो खेल खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।
सन् २०१४ पहिलो विश्वकप सहभागिता हङकङ र अफगानिस्तानलाई हराएको नेपालले त्यसपछि २०२४ मा दोस्रो पटक विश्वकपमा ३ खेल खेल्दा कुनै खेल जित्न सकेन ।
समूह ‘सि’ मा नेपालसहित इंग्ल्याण्ड, वेष्टइन्डिज, स्कटल्याण्ड र इटाली रहेको छ ।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आरिफ शेख, आसिफ शेख, दिपेन्द्र सिंह ऐरी, वसिर अहमद, कुशल भुर्तेल, गुल्सन झा, सुन्दिप जोरा, करण केसी, सन्दिप लामिछाने, लोकेश बम, शेर मल्ल, ललितराज वंशी, सोमपाल कामी र नन्दन यादव रहेका छन् ।
यस्तै इंग्ल्याण्डको टोलीमा ह्यारी ब्रोक (कप्तान), जोफ्रा आर्चर, टम वानटोन, जाकोब वेथेल, जोश बुटलेर, साम कुर्रान, लियाम डसन, बेन डुकेट, विल ज्याक्स, जामे ओभरटोन, अदिल रसिद, रेहान अहमेद, पिल साल्ट, जोश टोंग्वे र लुके वुड रहेका छन् ।





