शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बिटी कपमा दोस्रो चरणका खेल सुरु

बिटी कपमा दोस्रो चरणका खेल सुरु


  • ढोरपाटन संवाददाता
  • माघ २६ २०८२, सोमबार

पोखरा/पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा आज (आइतबार) देखि दोस्रो चरणका खेल सुरु भएको छ ।

बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा आइतबार दोस्रो चरणका ८ खेल सकिएको खेल संयोजक रामकाजी गुरुङले बताए ।

उनका अनुसार दीप युनाइटेड र सम्झना क्लब नयाँगल्लीबीच भएको पहिलो खेल गोलरहित भएपछि पेनाल्टी सुटआउटमा दीपले ३–२ गोल अनतरले पराजित ग¥यो ।

ै दोस्रो खेलमा आयोजक बिटी टिम ‘ए’ ले एनएएफसीमाथि १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो । आयोजकको जीतमा विकास साईले निर्णायक गोल गरे ।

त्रिशक्ति युवा क्लब लाहाचोक र मार्सल ह्वाइटबीच भएको तेस्रो खेल गोलरहित भएपछि पेनाल्टी सुटआउटमा लाहाचोकले ४–३ गोल अन्तरले हरायो ।

मार्सल ब्ल्याक र एट टु नाइनबीच भएको चौथो खेल गोलरहित भएपछि पेनाल्टीमा एट टु नाइन एफसीले ३–२ गोल अन्तरले जीत निकाल्यो ।

रामघाट ग्रीन र बानियाँ ब्रदर्शबीच भएको पाँचौ खेल पनि १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा रामघाट ग्रीनले ३–२ को गोल अन्तरले पराजित ग¥यो ।

छैटौं खेलमा रामघाट ह्वाइटले तालपारी एफसीलाई २–१ गोल अन्तरले हरायो । रामघाटको जीतमा मनिष तामाङले २ गोल गरे भने, तालपारीका लागि निखिल रानाले सान्त्वना १ गोल गरे ।

सातौ खेलमा लामागाउँ गुम्बा ‘टिम बी’ले मसिना एफसीलाई २–० गोल अन्तरले पराजित गर्याे । लामागाउँको जीतमा युनिक तामाङ र दिवस छन्त्यालले समान १÷१ गोल गरे ।

अन्तिम खेलमा लामागाउँ गुम्बा ‘टिम ए’ ले बेस्ट ब्वाइज भिमादलाई २–० गोल अन्तरले हरायो । लामागाउँको जीतमा सँगम गुरुङ र एलिश तामाङले समान १÷१ गोलको योगदान दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->