मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

गोरखाबाट ४२ निर्वाचन प्रहरी बागलुङ पठाइयो

गोरखाबाट ४२ निर्वाचन प्रहरी बागलुङ पठाइयो

वैकल्पिक सूचीमा रहेका ४२ जनालाई उनीहरुको इच्छा अनुसार बागलुङ पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठले बताए ।


  • ढोरपाटन संवाददाता
  • माघ २६ २०८२, सोमबार

पोखरा/ आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि गोरखाबाट ४२ जना निर्वाचन प्रहरीलाई बागलुङ पठाइएको छ । बागलुङमा माग अनुसारको आवेदन नपरेपछि अपुग निर्वाचन प्रहरी गोरखाबाट पनि पठाइएको हो । बागलुङमा अपुग भएपछि यस अगाडि म्याग्दीबाट पनि बागलुङ पठाइएको थियो ।

वैकल्पिक सूचीमा रहेका ४२ जनालाई उनीहरुको इच्छा अनुसार बागलुङ पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी राजकुमार श्रेष्ठले बताए । गोरखाका लागि आवश्यक २२ सय ८३ निर्वाचन प्रहरी छनोट गरेर तालिम भइरहेको डीएसपी श्रेष्ठले बताए।

गोरखा हरमटारी खेलमैदान, गोरखा क्याम्पस, मझुवा, इलाका प्रहरी कार्यलय ठााटीपोखरी, जौवारी र आरुघाटबाट निर्वाचन प्रहरीका लागि तालिम दिइएको छ । त्यस्तै सशस्त्र प्रहरीतर्फ छनौट भएका ७९ जनाको तालिम पनि आहालेस्थित सशस्त्र प्रहरी क्याम्पमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->