बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मदरल्याण्डका विद्यार्थीले संयुक्त राष्ट्रसंघको नमूना सभामा भाग लिने

मदरल्याण्डका विद्यार्थीले संयुक्त राष्ट्रसंघको नमूना सभामा भाग लिने


  • ढोरपाटन संवाददाता
  • माघ २७ २०८२, मंगलबार

पोखरा/पोखरा महानगरपालिका–७ मासवारस्थित मदरल्याण्ड माविका विद्यार्थीले संयुक्त राष्ट्रसंघको नमूना सभामा भाग लिने भएका छन । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय हुने उक्त सम्मेलनमा मदरल्याण्डका ६ जना विद्यार्थी सहभागि हँुदैछन ।

विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यका अनुसार पाँचदिनसम्म संचालन हुने उक्त सभा आइतबारदेखि सुरु हुँदैछ । विद्यालयका प्राचार्य डा. नारायण बरालको नेतृत्वमा विद्यार्थी र शिक्षक सहितको टोली अमेरिका गएको आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार संयुक्त राष्ट्रसंघकै सभाको शैलीमा आयोजना हुने यो नमूना सभामा नेपालको तर्फबाट मदरल्याण्ड मात्र छनोटमा परेको हो । सहभागि विद्यार्थीले उक्त सभामा विभिन्न विषयमा छलफल र बहस गर्नेछन । मदरल्याण्डको यो पहिलो सहभागिता हो ।

उनका अनुसार विद्यालयमा नमूना अभ्यास गरेर विद्यार्थीहरु छनोट गरिएको थियो । प्राचार्य बराल सहित शिक्षक बामनकुमार घिमिरे र विद्यार्थीहरु कृपा बराल, अभिक कर्ण, एल्भिना बराल, निजोल पौडेल, बिबेश बराल र दिव्या पराजुली यो सभामा सहभागी हुनेछन् । पाँचदिनको उक्त कार्यक्रममा विभिन्न ५० वटा मुलुकका २ हजार जति विद्यालयका विद्यार्थी सहभागी हुँदैछन् ।

विद्यालयका प्राचार्य डा. नारायण बरालले सम्मेलनका सहभागीले संयुक्त राष्ट्रसंघको कार्य प्रणालीसँग परिचित हुन, विश्वव्यापी मुद्दा र घटनाबारे छलफल गर्न अवसर पाउने बताए । युवामा नेतृत्व विकास, कूटनीतिक बहस, लेखन, बौद्धिक विश्लेषणजस्ता क्षमता अभिवृद्धिबारे सीप आदान–प्रदान गर्नका लागि यो सहभागिता र सम्मेलन फलदायी हुने उनको भनाइ छ ।

विभिन्न कमिटिमा विभाजित भएर संचालन हुने उक्त प्रतिश्पर्धात्मक सभामा विद्यालयकी छात्रा कृपा बरालले समेत मन्तव्य दिनेगरि छनोटमा परेको आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->