शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखरा म्याराथन : बढ्यो विधा, घट्यो म्याराथनको धनराशी

पोखरा म्याराथन : बढ्यो विधा, घट्यो म्याराथनको धनराशी


  • ढोरपाटन संवाददाता
  • माघ २७ २०८२, मंगलबार

पोखरा/२० औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२६ मा २१ विदेशी सहित १ सय ५१ जनाले सहभागीता जनाउने भएका छन् । प्रतियोगितामा ४५ वर्ष उमेर माथीको प्रतिस्पर्थामा २८ जनाले सहभागीता जनाउने आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए ।

फागुन २ गते पोखरामा हुने म्याराथन पोखरा रंगशालाबाट सुरु भएर विभिन्न भागमा परिक्रमा गरी फेवाताल किनार वाराहीघाटमा पुगेर समापन हुनेछ । प्रतियोगितामा हाफ म्याराथन महिलातर्फ ८ विदेशीसहित १ सय ९० जना, पुरुष तर्फ ८ विदेशी सहित १ सय ८८ जना, १० किमि पुरुषतर्फ ७ विदेशीसहित २ सय ७ जना, महिलातर्फ ६ विदेशी सहित ८६ जनाले प्रतियोगितामा भाग लिने छन् । अन्य प्रतियोगिता र रनफर रनमा गरि करिब १० हजार बढि जनाले दौडने अध्यक्ष गुरुङले बताए ।

भूतपूर्व खेलाडी मञ्च नेपाल आयोजनामा हुन लागेको उक्त म्याराथनको मूल नारा ‘स्वास्थ्यको लागि, पोखराको लागि’ रहेको छ । सुजल डेरी प्रालिको उत्पादन सफल दूध यसको मुख्य प्रायोजक हो । प्रतियोगिताको विजेताले ४ लाख, दोस्रोले २ लाख, तेस्रोले १ लाख तथा चौंथोले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

यो रकम गत वर्षको भन्दा कम हो । गत वर्ष विजेतालाई पाँच लाख रुपैयाँ रहेको थियो । यस्तै महिलातर्फ समेत पुरस्कार राशी घटाइएको छ ।

गण्डकी प्रदेशका खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले गण्डकी उत्कृष्ट विधाको व्यवस्था गरिएको छ भने यसै संस्करणमा ‘म्याराथन नेपाल’ विधा पहिलो पटक समावेश गरिएको छ । उक्त विधाको विजेताले एक लाख, उपविजेताले ५० हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

४५ वर्ष माथि पुरुष म्याराथनको विजेताले २५ हजार, दोस्रोले १५ हजार तथा तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै महिला तथा पुरुष हाफ म्याराथनको प्रथम हुनेले समान ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ । दोस्रोले ५० हजार, तेस्रोले ३० हजार तथा चौथो हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै गण्डकी उत्कृष्ट हुनेले ५० हजार, दोस्रोले ३०, तेस्रोले २० तथा सान्त्वनाले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

महिला तथा पुरुष १० किमिको विजेताले ३०, दोस्रोले २० र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । छात्र÷छात्रा ५ किमि, ह्विलचियर, दृष्टिविहिन तथा ४५ वर्ष माथि भेट्रान्स दौडको प्रथम हुनेले समान १० हजार रुपैयाँ पाउनेछन् । दोस्रो हुनेले ७ र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->