शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बिटी कपमा सकियो प्रिक्वाटर, बुधबार क्वाटरका खेल हुने

बिटी कपमा सकियो प्रिक्वाटर, बुधबार क्वाटरका खेल हुने


  • ढाेरपाटन संवाददाता
  • माघ २८ २०८२, बुधबार

पोखरा/पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा प्रिक्वाटरफाइनलका खेल सकिएका छन् ।

बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा आज प्रिक्वाटरफाइनलका सम्पूर्ण खेल सकिएको खेल संयोजक रामकाजी गुरुङले बताए । उनका अनुसार आज भएको पहिलो खेलमा दीप युनाइटेडले रामघाटलाई १–० गोल अन्तरले पराजित गर्दै दीप क्वाटरफाइनलमा प्रवेश गर्याे । दीप युनाइटेडको जीतमा लोकेन छन्त्यालले निर्णायक गोल गरे ।

दोस्रो खेलमा डेभिज फल्सले लभ्ली ब्वाइजलाई २–० गोल अन्तरले हरायो । डेभिज फल्सको जीतमा संगम गुरुङ र वीरेन्द्र मल्ल ठकुरीले समान १÷१ गोल गरे ।

तेस्रो खेलमा लामागाउँ गुम्बा ‘टिम बि’ले एट टु नाइनमाथि १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो ।

लामागाउँको जीतमा समन श्रेष्ठले निर्णायक गोल गरे ।

चौंथो खेलमा फायर पिज्जाले एनएसवाइसीलाई ३–० गोल अन्तरले पराजित गर्याे । फायर पिज्जाको जीतमा अंकित गुरुङले २ गोल गरे भने नवराज गुरुङले १ गोलको योगदान दिए ।

पाँचौँ खेलमा बिटी क्लब ‘टिम बि’ले रामघाट हरियोलाई २–० गोल अन्तरले पराजित ग¥यो । बिटीको जीतमा नारायण कार्कीले २ गोल गरे ।

आयोजक बिटी ‘टिम ए’ र ठमेल एकताबीच भएको छैटौं खेल गोलरहित भएपछि पेनाल्टीमा आयोजक ३–२ गोल अन्तरले विजयी बन्दै क्वाटरफाइनलमा प्रवेश ग¥यो ।

स्याङ्जा युथ क्लब र एमटियुसीबीच भएको सातौ खेल पनि गोलरहित भएपछि पेनाल्टीमा ४–३ गोल अन्तरले एमटियुसी विजयी बन्यो ।

अन्तिम खेलमा लामागाउँ गुम्बा ‘टिम ए’माथि रामघाट ह्वाइटले ४–० को फराकिलो गोल अन्तरले सहज जीत निकाल्यो ।

बुधबार वाटरफाइनलका ४ खेल हुने क्लबका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->