शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

रामघाटलाई स्तब्ध बनाउँदै लामागाउँ दोस्रो पटक च्याम्पियन

रामघाटलाई स्तब्ध बनाउँदै लामागाउँ दोस्रो पटक च्याम्पियन


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १ २०८२, शुक्रबार

पोखरा/बुद्धटोल युवा क्लबको आयोजनामा सम्पन्न ‘नवौं विरेन स्मृति’ एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको उपाधि लामागाउँ गुम्बाले जितेको छ । पोखरा १ टुंडिखेलमा आज (बिहीबार) भएको फाइनल खेलमा रामघाट एफसीलाई १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्दै लामागाउँले उपाधि जितेको हो ।

लामागाउँलाई उपाधि दिलाउन संगम ठकुरीले निर्णायक गोल गरे । यो जीतसँगै लामागाउँ बिटी कपमा दोस्रो पटक च्याम्यिन बनेको क्लबका निवर्तमान अध्यक्ष असिम थापाले बताए ।

गुरुका अनुसार यसअघि सातौं विरेन स्मृति तथा १७ औं बिटी कपमा पनि फाइनलमै रामघाटलाई हराउँदै लामागाउँ गुम्बा च्याम्पियन बनेको थियो । त्यसको बद्ला लिने अवसर पाएको रामघाट यो वर्षपनि लामागाउँसँग स्तब्ध बन्यो ।

उपाधि जितेको लामागाउँले नगद रु २ लाख २ सय २२ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको रामघाटले नगद रु १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र हात पार्याे ।

कुल ४८ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट लामागाउँका सरोज तितुङ सर्वाेत्कृष्ट खेलाडी घोषित हुँदै साइकल प्राप्त गरे । उत्कृष्ट गोलरक्षकका रुपमा सोही टिमकै रतन हिताङ, उत्कृष्ट डिफेण्डरका रुपमा लामागाउँकै संगम ठकुरी घोषित भए ।

यसैगरी उत्कृष्ट मिडफिल्डरका रुपमा रामघाटका सुदेश गुरुङ र सर्वाधिक गोलकर्ताका रुपमा फायर पिज्जाका मनिष ठकुरी ट्रफीसहित जनही नगद रु ८÷८ हजार प्राप्त गरे । सो प्रतियोगिताबाट अनुशासित टिमका रुपमा फायर पिज्जा नगद रु १० हजारसहित पुरस्कृत बन्यो ।

विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका क्याप्टेन रक्षबहादुर गुरुङ, क्लबका सल्लाहकारहरु, पुरस्कारदाताहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->