शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

एपिएफमाथि मनाङ मस्र्याङदीको पुनरागमन जित

एपिएफमाथि मनाङ मस्र्याङदीको पुनरागमन जित


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १ २०८२, शुक्रबार

पोखरा/मनाङ मस्र्याङदी क्लबले पुनरागमन जित निकाल्दै २५ औं आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालास्थित फुटबल मैदानमा जारी प्रतियोगितामा एपिएफ माथि २–१ को पुनरागमन जित निकालेको हो ।

खेलको पहिलो हाफमा १–० ले पछि परेको मनाङले दोस्रो हाफमा २ गोल ग¥यो । ११ औं मिनेटमा एपिएफका लागि युवराज राइले गोल गरे । दिसोन राइको पासमा उनले एपिएफलाई सुरुवाती अग्रता दिलाएका थिए ।

५७ औं मिनेटमा रोनिश राजवाकले गोलगर्दै खेलमा बराबरी गराए । यस्तै खेलको ६६ औं मिनेटमा मनाङले अग्रता लियो । थ्रोबाट आएको बललाई हेडरमार्फत सुरेश कुमालले गोल गरे । यस अघि पनि मनाङले थ्रो बाटै आएको बलमा गोल गरेको थियो । जितसंगै मनाङले क्वाटरफाइनलमा थन्डरबोल्ड नर्थ युनाइटेड सिक्कीमको सामना गर्नेछ । प्रतियोगिताअन्तरगत भोलि फ्रेन्डस क्लबले प्लानिङ ब्वाइज युनाइटेड बीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->