म्याग्दी/ महाशिवरात्रीको अवसर पारेर सुर्केमेला युवा क्लबले आयोजना गरेको सेभेन ए साइड फुटबल प्रतियोगिता बेनी नगरपालिका ४ सुर्केमेलामा शुरु भएको छ ।
प्रतियोगितासंगै खेल मैदानको समेत उद्घाटन गरिएको छ । विभिन्न २० वटा टिमको सहभागिता रहेको प्रतियोगितामा पहिलो हुनेले नगद ८५ हजार र दोश्रो हुनेले नगद ४५ हजार नगद पुरस्कारका साथै मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई नगद दुई हजार पाँच सय सहित ट्रफि प्रदान गरिने क्लबका अध्यक्ष युवराज रोकाले जानकारी दिए ।
सोही अवसरमा अन्धानिशान, महिला पुरुष लाठो तान्ने प्रतियोगिता, आमा समूह नृत्य प्रतियोगिता, एकल नृत्य प्रतियोगिताका साथै कलाकारहरुको समेत प्रस्तुती रहेने खेलकुद संयोजक नारायण थापाको भनाई छ । शिवालय आधारभूत विद्यालयसंगै रहेको खेल मैदानमा जारी प्रतियोगिता फागुन ३ गते सम्म सञ्चालन हुने क्लबका सचिव संजिब भण्डारीले बताए ।





