आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

स्वास्थ्यमन्त्री पाठकले भेटे घाईते विद्यार्थी, उपचारमा कुनै कमीहुन नदिन दिए निर्देशन

स्वास्थ्यमन्त्री पाठकले भेटे घाईते विद्यार्थी, उपचारमा कुनै कमीहुन नदिन दिए निर्देशन

धौलागिरी अस्पताल विकास समितिका अध्यक्ष श्रीप्रसाद शर्माले अस्पताल प्रशासन, जिल्लाको सुरक्षा संयन्त्र र जनप्रतिनिधिको सहयोग र समन्वयमा घाइतेको प्रभावकारी उपचार सम्भव भएको जानकारी दिए ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १ २०८२, शुक्रबार

बागलुङ / गण्डकीका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले बागलुङ नगरपालिका वडा नम्बर ३ हाडेपाखामा बिहीबार साँझ भएको स्कुल बस दुर्घटनामा घाइते भई उपचार गराइरहेका विद्यार्थीलाई भेटेका छन् ।

घाइते भइ धौलागिरी प्रादेशिक अस्पताल बागलुङ, गण्डकी स्वास्थ्य प्रतिष्ठान र मणिपाल अस्पताल पोखरामा उपचार गराईरहेका विद्यार्थीलाई स्वास्थ्य मन्त्री पाठकले अस्पतालमा नै पुगी उनीहरुको स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिएका हुन् ।

मन्त्री पाठकले घाईतेको अवस्था बुझी उनीहरुको उपचारमा कुनै कमी हुन नदिने गरी उपचारमा लाग्न अस्पतालका चिकित्सक र प्रशासनलाई निर्देशन दिए । घाईते सवै विद्यार्थीको स्वास्थ्य लाभको कामना गर्दै उनले घाईतेका अभिभावकलाई सान्तवना दिए ।

अप्रिय दुर्घटना भएकोले त्यसको शिघ्र उद्धारमा संलग्न सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, चिकित्सक र स्वास्थ्यकर्मी सवैलाई धन्यवाद दिए । आपत विपतमा प्रदेश सरकार सधै नागरिककै साथमा रहने उल्लेख गर्दै मन्त्री पाठकले घाइतेको उपचारमा कुनै कमी हुन नदिन आफु लागेको बताए ।

उक्त दुर्घटनामा परेर न्यू एभरेष्ट एकेडमी रामरेखाका १ जना विद्यार्थीको मृत्यु भएको छ भने शिक्षिका र ड्राइभरसहित २५ जना घाइते भएका थिए ।

धौलागिरी प्रादेशिक अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.किरण तिवारीले घाइते मध्ये गण्डकी स्वास्थ्य प्रतिष्ठान पोखरामा उपचार गराईरहेका २ जनाको अवस्था गम्भिर रहेको र अन्य सवै घाईते खतरामुक्त रहेको जानकारी दिए । उनले शुक्रवारसाँझसम्म धौलागिरी अस्पतालमा उपचार गराइरहेका केही घाईतेहरु उपचारपछि घर फर्की सकेको जानकारी दिए ।

धौलागिरी अस्पताल विकास समितिका अध्यक्ष श्रीप्रसाद शर्माले अस्पताल प्रशासन, व्यवस्थापन, जिल्लाको सुरक्षा संयन्त्र र जनप्रतिनिधिको सहयोग र समन्वयमा घाइतेको प्रभावकारी उपचार सम्भव भएको जानकारी दिए । उनले सामाजिक सञ्जालमा गरिएका अपूर्ण र भ्रमपूर्ण सूचनाका कारण अस्पतालमा अनावश्यक भिड बढ्दा घाइतेलाई सहजरुपमा उपचार गर्न समस्या भएको बताउदै सर्वसाधरण सचेत र संवेदनशिल नहुँदा अफ्ट्यारो परिस्थिती बनेको भएपनि सबै नियन्त्रण गरेर घाइतेको उपचार गरिएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->