शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

केन्याली धावकलाई उपाधि, सन्तोषीको उपाधिमा ह्याट्रिक

केन्याली धावकलाई उपाधि, सन्तोषीको उपाधिमा ह्याट्रिक

२ घण्टा २३ मिनेट ३९ सेकेन्डमा दूरी पूरा गर्दै केन्याली धावक जुलियसले स्वर्ण जिते । गजेन्द्र राईले २ घण्टा २४ मिनेट ४७ सेकेन्डमा दूरी पूरा गर्दै रजत जित्दा हरिकुमार रिमालले २ घण्टा २७ मिनेट १८ सेकेन्डमा दूरी पार गर्दै कांस्य जिते ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३ २०८२, आइतबार

पोखरा/२० औं सफल पोखरा म्याराथनको उपाधि केन्याली धावक जुलियस मुरियुकी वाहामेले जित्दा सन्तोषी श्रेष्ठले २१ किमीको उपाधिमा ह्याट्रिक गरेकी छन् ।

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा भएको प्रतियोगितामा २ घण्टा २३ मिनेट ३९ सेकेन्डमा दूरी पूरा गर्दै केन्याली धावक जुलियसले स्वर्ण जिते ।

गजेन्द्र राईले २ घण्टा २४ मिनेट ४७ सेकेन्डमा दूरी पूरा गर्दै रजत जित्दा हरिकुमार रिमालले २ घण्टा २७ मिनेट १८ सेकेन्डमा दूरी पार गर्दै कांस्य जिते ।

पदकसहित जुलियसले ४ लाख रुपैयाँ प्राप्त गरे । गजेन्द्रले २ लाख तथा हरिकुमारले एक लाख रुपैयाँ हात पारे । यस्तै यस पटक थप गरिएको नेपाल म्याराथनमा गजेन्द्र राई प्रथम हुँदा हरिकुमार रिमाल दोस्रो र करण रावलले तेस्रो स्थान हासिल गरे ।

महिला हाफ म्याराथनमा सन्तोषी श्रेष्ठले १ घण्टा २० मिनेट ६ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण पदक हासिल गरिन् । यो सँगै पोखरा म्याराथनको महिलातर्फको उपाधिमा उनको यो ह्याट्रिक हो ।

निशा सार्कीले १ घण्टा २१ मिनेट २५ सेकेन्डमा दूरी पूरा गर्दै रजत जित्दा १ घण्टा २६ मिनेट १० सेकेन्डमा दूरी पार गर्दै रिया लक्ष्मी रावलले कांस्य पदक जितिन् । सोही विधाको पुरुषतर्फ संजय श्रेष्ठले १ घण्टा ८ मिनेट ४५ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण पदक जित्दा १ घण्टा ८ मिनेट ५६ सेकेन्ड लगाउँदै नगेन्द्र सिंह रावत दोस्रो भए । १ घण्टा ११ मिनेट २७ सेकेन्ड लगाउँदै गौतम श्रेष्ठ तेस्रो भए ।

म्याराथनकै गण्डकीतर्फ पर्वतका सुवाष गुरुङले स्वर्ण पदक जिते । उनले २ घण्टा ३२ मिनेट १० सेकेन्डमा दूरी पूरा गरे । २ घण्टा ३५ मिनेट ११ सेकेन्डमा दूरी पूरा गरेका गोर्खाका निरोज भट्ट क्षेत्री दोस्रो भए । स्याङ्जाका धनु मानान्धरले २ घण्टा ३८ मिनेट २१ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गरे ।

म्याराथनलाई पोखराको उत्सवको रूपमा मनाउनका लागि विभिन्न विधाका सडक दौडको समेत आयोजना गरिएको थियो । तर, व्यवस्थापनमा भने यस पटक आयोजक निकै चुकेको छ । व्यवस्थापनमै कमजोरी हुँदा आयोजकले म्याराथनको नतिजा तत्कालै सार्वजनिक गर्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->