शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आयोजक सहारा क्लब सेमीफाइनलमा

आयोजक सहारा क्लब सेमीफाइनलमा

धिरेन्द्र शाहको पेनाल्टीलाई सहाराका गोलकिपर टिकेन्द्र थापाले रोकेपछि सहारा आहा रारा पोखरा गोल्डकपको सेमिफाईनल पुग्ने पहिलो टोली बन्यो ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३ २०८२, आइतबार

पोखरा/पुलिसलाई सडन डेथमा हराउँदै सहारा क्लब २५ औं आहा रारा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । सहारा क्लब पोखराको आयोजनामा जारी आहारारा पोखरा गोल्डकपको पहिलो क्वाटरफाइनलमा पुलिसमाथि जित हासिल गरेको हो ।

धिरेन्द्र शाहको पेनाल्टीलाई सहाराका गोलकिपर टिकेन्द्र थापाले रोकेपछि सहारा आहा रारा पोखरा गोल्डकपको सेमिफाईनल पुग्ने पहिलो टोली बन्यो ।

निर्धारित र अतिरिक्त समयमा दुवै टिमले एक एक गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । दोस्रो हाफ लगत्तै दबावमा परेको सहाराले खेलको ६१ ऋौं मिनेटमा बराबरी गोल गर्दै खेलमा फर्किएको थियो । पेनाल्टी सुटआउटमा समेत बराबरी भएपछि खेल सडन डेथमा पुग्यो । सडन डेथमा नेपाल पुलिस क्लबका शाहको प्रहारलाई सहारा गोलकिपरले बचाउ गरेपछि सहारा सेमिफाईनल सुरक्षित हुदाँ नेपाल पुलिस क्लब भने निराश हुदैं बाहिरियो ।

नेपाल पुलिस क्लबले पहिलो हाफमा दुई अवसर गुमाउँदा अग्रताबाट विमुख बन्न पुग्यो । ३४ औं मिनेटमा विजय उराउको सट प्रहारलाई गोलकिपरले पन्च गर्दै सहारालाई बचाए । ४४ औं मिनेटमा उराउकै पासलाई प्रशान्त कुँवरको हेडबललाई पन्च गर्दै बाहिर फाले । एकपछि अर्को नेपाल पुलिस क्लबको अवसरलाई विफल बनाएपनि ४९ औं मिनेटमा सहारा पुलिसको अवसरलाई बचाउ सकेन् । राम वाजीले गोल गर्दै नेपाल पुलिस क्लबलाई अग्रता दिलाए ।

तर त्यो खुशी अन्तिमसम्म रहेन् । ६१ औं मिनेटमा सहाराले पेनाल्टीको अवसर पायो । सहारा एकेडेकीका उत्पादन मुकुन्दकुमार निउरेले गोल गर्दै सहारालाई बराबरी ल्याउँदै खेलमा उत्साह थपे । निर्धारित समेतमा दुवैले एक एक गोलमा टुग्याए ।

पहिलो पेनाल्टी प्रहार नेपाल पुलिसका वाजी चुक्न पुगे । उनको प्रहारलाई सहाराका गोलकिपर थापाले बचाउ गरेपछि सहाराको उत्साह थपियो । तर सहाराका उनै गोलकिपर थापाको निर्णायक प्रहार बाहिरिएपछि निर्णय अझ पछि धकेलिदैं सडन डेथमा पुग्यो । सडन डेथमा पुलिसका शाहको प्रहार बचाउ हुन पुग्यो । सहाराका विदेशी खेलाडी टाय डिनियल बाडारुले गोल गर्दै आयोजकलाई गोल्डकपको अन्तिम चारको यात्रा तय गराए ।

सहारा क्लबको आयोजना तथा हिमश्री फुड्सको मुख्य प्रायोजन रहेको पच्चीसौं संस्करणको आहा रारा पोखरा गोल्डकपको शनिबारको खेलमा सहाराका टिकेन्द्र थापा प्लयेर अफ दि म्याच घोषित भए । आईतबार दोस्रो क्र्वाटरफाईनल खेल जावलाखेल युथ क्लबले अपी पावर चर्च ब्वाईजसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->