शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

त्रिवेणी इन्टरनेशनल कलेजमा स्पोर्टस् मिट शुभारम्भ

त्रिवेणी इन्टरनेशनल कलेजमा स्पोर्टस् मिट शुभारम्भ


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ५ २०८२, मंगलबार

पोखरा/त्रिवेणी इन्टरनेशनल कलेज पोखरा महानगरपालिका–२७, तालचोकमा सोमवारदेखि स्पोर्टस् मिट सुरु भएको छ ।

कलेज सञ्चालक समितिका अध्यक्ष सुमन भट्टराईले बल हस्तान्तरण गर्दै पढाइको साथसाथै खेलकुदका माध्यमले शारीरिक तन्दुरुस्ती प्राप्त हुनेमा जोड दिए । उनले खेलकुदको विकासका लागि कलेजले पढाइका साथै विभिन्न खेलहरु खेलाउदै आएको बताए ।

क्याम्पस प्रमुख डिल्लीराम पौडेलले खेलकुद हारजितको लागि भन्दापनि विद्यार्थीको सर्वाङ्गिण विकासको लागि भएको धारणा राखे । कार्यक्रमको सञ्चालन उपप्राध्यापक किशोर सुवेदीले तथा अध्यक्षता क्याम्पस प्रमुख डिल्लीराम पौडेलले गरेका थिए ।

सप्ताहव्यापी रुपमा खेलाइने स्पोर्टस् अन्तर्गत स्नातक तथा स्नातकोत्तर तहका लागि एथलेटिक्स्का विभिन्न दुरीका दौड,भलिबल,हाइजम्प, लङ्गजम्प,सटपुट लगायतका खेलहरु छात्रछात्राका लागि छुट्टाछुट्टै खेलाइने खेल संयोजक उपप्राध्यापक सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->