शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

फाइनल प्रवेशका बलियो सहारा र भाग्यमानी मनाङ भिड्दै

फाइनल प्रवेशका बलियो सहारा र भाग्यमानी मनाङ भिड्दै


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ६ २०८२, बुधबार

पोखरा/पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आजबाट सेमिफाइनलको खेल सुरु हुँदैछ । पहिलो खेलमा आयोजक सहारा क्लब र सर्वाधिक विजेता मनाङ मस्र्याङ्दी आमनेसामने हुनेछन ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताले रजत जयन्ती मनाउँदै गर्दा आयोजक टोली सेमिफाइनलमा प्रवेश गरेको छ । यस पटक सहाराले उपाधि चुम्ने लक्ष्यका साथ बलियो टिम निर्माण गरेको छ । जारी प्रतियोगितामा २ खेल खेलेको सहाराले उत्कृष्ट प्रदर्शनी गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । पहिलो खेलमा गोर्खा फुटबल क्लब हङकङलाई १–० ले हराउँदै क्वाटरफाइनल प्रवेश गरेको सहाराले दोस्रो खेलमा निकै बलियो नेपाल पुलिसलाई सडनडेथमा ६–५ ले हरायो । निर्धारित समयको खेल १–१ को बराबरी सकिएको थियो ।

सहारा क्लब २ खेलमा निकै बलियो देखिएको छ भने यता मनाङ मस्र्याङ्दीले पनि २ खेल नै जितेको छ । खेलमा मनाङ मस्र्याङ्दी भने भाग्यमानी देखिएको थियो ।

खासै बलियो प्रदर्शनी गर्न नसकेको मनाङ प्रिक्वाटरफाइनल र क्वाटरफाइनलमा भाग्यमानी नै सावित भएको खेलले नै प्रष्ट पारेको छ । पहिलो पहिलो खेलमा १–० को नतिजा उल्टाउँदै एपिएफमाथि २–१ को पुनरागमन जित निकालेको मनाङ क्वाटरफाइनलमा पनि भाग्यमानी नै सावित भएको थियो । निर्धारित ९० मिनेट गोलरहित बराबरी खेलेको थन्डरबोल्ट नर्थ युनाइटेडलाई थप गरिएको ३० मिनेटमा १–० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । उक्त खेलमा पुरा समय नर्थ युनाइटेडले दबाबमा राखेपनि जित हासिल गर्न भने सकेन् ।

सहारा क्लबमा अनुभवी गोलरक्षक टिकेन्द्र थापा छन् भने रन्दिप पौडेल, ताए डिनिल बादारुले डिफेन्स सम्हालिरहेका छन् । फरवार्ड विक्की चाम्लिङ राइ, विनय तामाङ, मुकुन्द न्युरे सहारालाई फाइनल पु¥याउन सक्ने खेलाडी हुन् ।

उता, मनाङमा बारम्बार अवसर पाएपनि फिनिसिङ गर्न चुकेका सुरेश कुमालले उत्कृष्ट प्रदर्शनी गर्न सकेमा सहारा स्तब्ध हुन सक्छ । रोनिश धिके राजवाक र अनिल कुमार मगर फरवार्ड लाइनमा छन् । दुवै टोलीमा विदेशी खेलाडी महत्वपूर्ण मानिएको छ । सहारामा तीन विदेशी छन भने मनाङमा पनि ३ छन् ।

प्लानिङ ब्वाइजलाई हराउँदै उज्वेकिस्तानी टोली आभा सेमिफाइनलमा
उज्वेकिस्तानी टोली आभा फुटबल क्लब २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । प्लानिङ ब्वाइज युनाइटेडलाई १–० ले हराउँदै पाहुना टोली आभाले सेमिफाइनलको यात्रा तय गरेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । खेलको ५६ औं मिनेटमा युमिदजोन करिलोभले उत्कृष्ट गोल गर्दै अग्रता दिलाए । जितसँगै आभाले सेमिफाइनलमा जावलाखेलको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->