शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

९ वर्षपछि सहारा आहा राराको फाइनलमा

९ वर्षपछि सहारा आहा राराको फाइनलमा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ७ २०८२, बिहिबार

पोखरा/यस पटकको आहा रारा पोखरा गोल्डकप सहारा क्लबका लागि विशेष छ । २०५८ सालको क्याराभान गोल्डकपबाट सुरु गरेको प्रतियोगिता ०५९ सालमा आहा गोल्डकप नामबाट खेलाउन सुरु गरियो । शसस्त्र द्धन्द्धकाल हुँदै जनआन्दोलन, भूकम्प र कोभिडसंग जुध्दै २५ औं संस्करणमा पुगेको छ ।

नेपाली फुटबल इतिहासमा निरन्तर हुँदै आइरहेको फुटबल प्रतियोगिता नै आहा रारा गोल्डकप हो । त्यसैले यो प्रतियोगिताको महत्व र चर्चा बेग्लै छ । रजत वर्ष मनाउँदै गर्दा सहारा क्लब पोखरा फाइनल पुग्न मात्रै होइन उपाधि नै चुम्न चाहान्छ । अन्ततः रजत वर्षमा सहारा फाइनलमा प्रवेश गरेको छ । रजत वर्षकै कारणमात्र पनि अब यो विशेष रहेन ९ वर्षपछि फाइनल पुगेको हो ।

आहाको सर्वाधिक विजेता मनाङमस्र्याङदी क्लबलाई सडनडेथमा ७–६ ले हराउँदै सहारा फाइनलमा प्रवेश गरेको हो । २५ औं वर्षको कोसेढुंगा पार गर्दा आयोजक टोलीले तेस्रो पटक फाइनलको यात्रा गरेको छ । अन्तिम पटक २०७३ सालमा फाइनल पुगेको थियो । फाइनलमा मनाङसंगै १–० ले स्तब्ध भएको थियो ।

बुधबार सहाराको जितमा अनुभवी गोलरक्षक टिकेन्द्र थापा नायक बने । पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको पहिलो खेलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा रोकिएको थियो । थप ३० मिनेटमा समेत कुनै पनि टोलीले गोल गर्न नक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत ५–५ को बराबरीमा रोकिएपछि सडनडेथमा पुगेको थियो । मनाङका क्याप्टेन समिर खड्को प्रहारलाई सेभ गर्दै टिकेन्द्रले सहारालाई फाइनल पु¥याएका हुन् ।

सहारा र मनाङ १५ वर्षपछि सेमीफाइनलमा भेट भएका टिम हुन् । २०६७ सालमा यि दुई टिम सेमीफाइनलमा भिड्दा मनाङले ४–० ले हराएको थियो । त्यसअघि ०६० र ०६१ सालमा समेत सेमीफाइनलमा भेट हुँदा मनाङले जित हासिल गरेको थियो ।

सहारा क्लब ०६९ मा पहिलो पटक फाइनलमा पुगेको थियो । फाइनलमा थ्रीस्टारसंग १–० को हार व्यहोरेको थियो । लगत्तै ०७० सालमा मनाङलाई फाइनलमा १–० ले हराउँदै पहिलो पटक उपाधि चुमेको थियो ।

फाइनल प्रवेश संगै सहारा क्लब पोखराका मुख्य प्रशिक्षक सुनिल राना मगरले यस पटक प्रतियोगिता विशेष रहेको र फाइनल पुग्नु झन विशेष रहेको बताए । उनले निर्धारित समयमा आफुहरुले धेरै प्रयास गरेपनि गोल गर्न नसकेको र भाग्यले फाइनलमा प्रवेश गरेको प्रतिक्रिया दिए । ‘हामी भाग्यमानी सावित भयौं । प्रयास त हामीले राम्रो गरेका थियौं तर, गोल हुन सकेको थिएन’ प्रशिक्षक मगरले भने, ‘अब उपाधि जित्ने आत्मविश्वास बढेको छ । हामी त्यसैको तयारीमा लाग्ने छौं ।’

हारपश्चात मनाङका प्रशिक्षक अनिल तामाङले पाएको अवसरको सदुपयोग गर्न नसक्दा हार व्यहोर्न बाध्य भएको सुनाए । आफुहरुले उत्कृष्ट खेलेपनि मनाङको सेट टिम नभएकाले पनि समस्या परेको उनको भनाइ थियो । प्रतियोगिताको दोस्रो सेमीफाइनल खेलमा आज उज्वेकिस्तानी टोली आभा फुटबल क्लब र जावलाखेल युथ क्लब भिड्दैछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->