शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जावलाखेल आहा ! रारा गोल्डकपको फाइनलमा

जावलाखेल आहा ! रारा गोल्डकपको फाइनलमा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ८ २०८२, शुक्रबार

पोखरा/पाहुना टोलीबाट प्राप्त उपहार गोलमार्फत् जावलाखेल युथ क्लब १४ वर्षपछि आहा! रारा गोल्डकपको फाइनलमा पुगेको छ । अब शनिबार उसले उपाधिको लागि आयोजक सहारासँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको ५२ औं मिनेटमा जावलाखेलका धर्मेन्द्र कुँवरले बायाँसाईडबाट क्रस गरेको बललाई क्लियर गर्ने क्रममा उज्वेकिस्तानका कुसान गानीजानोभले हानेको बल आफ्नै पोष्टमा छिरेको थियो ।

एक गोलले अगाडि भएको ८ मिनेटपछि जावलाखेल १० खेलाडीमा सीमित बने पनि आभा एफसी उज्वेकिस्तानले फाइदा उठाउन सकेन । सार्दाेबेक मातुमारोभलाई मुक्का हानेपछि युवराज ढकाल रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका हुन् । खेलमा पाहुना टोलीले मुस्किलले दुईवटा मुभमेण्टमा मात्र गोल गर्ने अवसर पाएको थियो । बिहीबारको खेलमा जावलाखेलका विदेशी खेलाडी जोखिडजोन राखिमोभ प्लयेर अफ दि म्याच घोषित भए ।

प्रतियोगिताको उपाधि बिजेताले १४ लाख १ हजार रुपैयाँ र उपविजेताले ७ लाख १ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->