शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

उपाधि दोहोराउने र इतिहास रच्ने प्रतिस्पर्धा

उपाधि दोहोराउने र इतिहास रच्ने प्रतिस्पर्धा

सहारा क्लब ९ वर्षपछि फाइनलमा पुगेको हो भने जावलाखेल १४ वर्षपछि


  • विजय नेपाली
  • फाल्गुन ८ २०८२, शुक्रबार

पोखरा /९ वर्ष अघि सहारा क्लब इतिहास दोहो¥याउन बाट चुक्यो । फाइनलमा मनाङमस्र्याङ्दी संग हार व्यहोरेपछि आहा राराको फाइनलसम्म पुग्न सकेको थिएन् । ‘१२ वर्षमा खोला त फर्किन्छ’ भन्ने नेपाली उखान झै सहाराले आहा राराको उपाधि चुमेको पनि ठ्याक्कै १२ वर्ष पुगेको छ ।

२५ औं संस्करणको आहा रारा गोल्डकपमा आइपुग्दा सहाराले एक पटकमात्रै उपाधि जितेको छ । प्रतियोगिताको आयोजक टोलीले रजत वर्षमा उपाधि पुनः जित्न चाहान्छ । तर, उपाधिका लागि यसपटक जारी आहा राराको सबैभन्दा उत्कृष्ट र बलियो टोली जावलाखेल युथ क्लबको सामना गर्दैछ ।

जावलाखेल पनि १४ वर्षपछि आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । अहिलेसम्म उपाधि चुम्न नसकेको जावलाखेल यस पटक उपाधिमा नाम लेखाउन चाहान्छ । शनिबार आयोजक सहारा र जावलाखेल उपाधिका लागि भिड््ने छन् । उत्कृष्ट लयमा रहेको जावलाखेल सहाराका लागि निकै भारी पर्न सक्छ ।

सहारा क्लब फाइनलसम्म पुग्दा फिनिसिङमा चुकिरहेको छ । डिफेन्स लाइन बलियो भएकाले सहाराले फाइनलको यात्रा तय गर्न सकेको हो । विशेष गरि सहारालाई फाइनलमा पु¥याएको गोलरक्षक टिकेन्द्र थापाले हो । पुलिस र मनाङ विरुद्धको खेल बराबरी संगै पेनाल्टी सुटआउटमा पुग्दा उनले नै टोलीलाई जित दिलाएका थिए । फाइनलमा समेत उनीमाथि निकै दबाब रहनेछ । उता जावलाखेलमा भने युवा खेलाडीले भरिएको छ । सहाराका लागि धरवेन्द्र कुँवर समस्या बन्न सक्छन् । उज्वेकिस्तानी टोली विरुद्ध उत्कृष्ट खेल प्रदर्शनी गरेका उनले प्रहार गरेको बलले जाली चुमेको थियो । यद्यपी उनको त्यो क्रसबल क्लियर गर्ने क्रममा आत्मघाती गोल हुन पुगेको थियो । त्यो बाहेक विदेशी निकोलश ओदाने हमिल्टोन स्तरीय खेलाडी हुन । सहाराका लागि फाइनलमा भारी पर्न सक्छन् ।

उज्वेकिस्तानी टोलीलाई हराउँदा जावलाखेलको आत्मबल बढेको छ भने सहारा त्यसैले डराएको छ । उद्यपी जावलाखेलले ९० मिनेटमै गोल गर्ने रणनीतिमै खेल्नेछ तर, सहारा भने सकभर पेनाल्टीमै लैजाने योजनामा रहनेछ ।
फाइनल अघि जावलाखेलका प्रशिक्षक सुनिल कुमार श्रेष्ठले समेत सहारामा फिनिसिङको कमी रहेको बताउछन् । तर, घरेलु टोलीसंग खेल भएकाले केही डिस्एडभान्टेज हुने देख्छन् । । उनका अनुसार फाइनल पुग्ने टिम कम्जोर भने होइन । आफुहरुले विश्वकप खेल्ने राष्ट्र उज्वेकिस्तानी टोलीलाई हराएका कारण थप हौसला मिले बताए ।

‘हामीले अहिलेसम्म अट्याकिङ खेल खेलेका थियौं सेमीफाइनलमा वान मेन डाउन हुँदा समस्या छ तर, पनि हामी अट्याकिङ खेल नै खेल्नछौं । हाम्रोमा समस्या छैन पहिलो ११ जस्तै बेन्चमा बस्ने पनि उत्तिकै उत्कृष्ट खेलाडी हुन त्यहि भएर सेटमा अलिकत डिफेन्स आउदा तर, उही स्तरका खेलाडी नै हुन’ उनले भने, ‘‘विपक्षि होस् या हाम्रो सबैभन्दा समस्या फिनिसिङमा छ । कति खेलहरु त ९० प्लसमा गोल भएका छन् र टाइब्रेकरमा पुगेका छन् । त्यहि हो पाएको चान्सलाई सदुपयोग ग¥यो भने बलियो हुन्छ । हाम्रो पनि उही हो पाएको अवसर गुमायो भने गाह्रो हुन्छ ।’

जावलाखेल २ महिना अघि राष्ट्रिय लिगको तयारीमा थियो र सोही टिम भएकाले खेलाडीको तालमेल मिलिरहेको छ । अहिले टोलीमा स्टार खेलाडी नभएको र फाइनलमा कोहि पनि खेलाडी ओभर कन्फिडेन्ट नहुने उनले सुनाए ।
राम्रो राम्रो टिमलाई हराएर फाइनल पुगेको र सहाराको खेलहरु हेरेर केही रणनीतिक योजना आफुहरुले बनाउने सुनाए ।  कप्तान युनेश चौधरीले खेलाडीमा आत्मबल बढेको र उपाधि जित्नका लागि खेल्ने सुनाए । ‘हामी उपाधि जित्नकै लागि आएका हौं । हाम्रो सबै पक्ष बलियो छ । फरवार्डलाइन देखी डिफेन्स लाइनसम्म राम्रो छ । विपक्षि पनि राम्रो टिम हो फाइनल पुग्न सहज छैन हामी हाम्रो बेष्ट दिने प्रयास गर्नेछौं’ उनले भने ।

उता सहाराका प्रशिक्षक सुनिल राना मगर आफ्नो टिममा फिनिसिङको कम्जोरी रहेको स्विकार्छन । फिनिसिङमा चुक्दा दुइ खेलमा टाइब्रेकरको सहायता लिन परेको र फाइनलमा सुधार गर्ने उनको भनाइ छ । १२ वर्षपछि पुनः उपाधि जित्नेगरि मैदानमा उत्रने उनले बताए । ‘हामी ९ वर्षअघि फाइनल पुगेका थियौं र १२ वर्ष अघि उपाधि जितेका थियौं । १२ वर्षमा खोला फर्किन्छ भने झैँ हामी पनि उपाधि फर्काउन चाहान्छौं । हाम्रो लक्ष्य नै त्यहि हो’ उनले भने, ‘नेपालको गोल निकै रियर हुन्छ । खास गोल गर्नै गाह्रो हो सकेसम्म हामी ९० मिनेटभित्रै स्कोर गर्ने सोँचमा हुनेछौं ।’

जावलाखेल लामो समय प्रशिक्षण गरेर आएको र उनीहरुको पछाडीदेखी अगाडीसम्म सबै लाइन बलियो देखिएको उनले बताए । खेलाडी उच्च मनोबल रहेको सुनाउँदै अघिल्ला खेलहरुले स्कोरमा सुधार गर्नुपर्ने पाठ सिकाएको र त्यसलाई फाइनलमा प्रयोग गर्ने उनको भनाइ छ । यस्तै सहाराका कप्तान सुशिल लामा पनि टोलीलाई उपाधि जिताएर एकेडेमीका सफल खेलाडीको रुपमा परिचित हुन चाहान्छन् । आफ्नो लागि उपाधि उचाल्नुमात्रै नभइ यो सपना रहेको लामा बताउछन् । ‘मेरो लागि यो सपना हो म आफै एकेडेमीको हुँ र सहारालाई फाइनल पु¥याएर जिताउनु मेरो लक्ष्य पनि हो’ उनले भने, ‘पहिला दर्शक भएर खेल हेरेको थिए अहिले उपाधि दिलाउने स्थानमा छु हामी सबैको मोरल हाइ छ हामी जित्नेगरि खेल्ने छौं ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->