गोरखा / गोरखा क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रकाशचन्द्र दवाडीको भन्दा दोब्बर बढी मत ल्याए ।
बुर्लाकोटीले २६ हजार ६६० मत ल्याए । कांग्रेसका दवाडीले ११ हजार ७०० मत पाए । नेकपाका लेखनाथ न्यौपानेले ११ हजार ७३ मत पाए भने एमालेका मिलन गुरुङ (चक्रे मिलन) ले ३ हजार ८७ मत मात्र ल्याए ।
१ लाख ८ हजार ५३३ मतदाता रहेको सो क्षेत्रमा कुल ५७ हजार १५६ मत खसेको थियो । जसमध्ये ३ हजार ९ मत बदर भएको छ ।





