शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बिहीबारदेखि गण्डकी प्रदेशस्तरीय पिएम कप

बिहीबारदेखि गण्डकी प्रदेशस्तरीय पिएम कप

प्रतियोगितामा कास्कीसहित बागलुङ, स्याङ्जा, तनहुँ, पर्वत र नवलपुरको सहभागिता रहने ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २७ २०८२, बुधबार
Cricket ball resting on a cricket bat on green grass of cricket pitch

पोखरा/आगामी बिहीबारदेखि गण्डकी प्रदेशस्तरीय प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता (पिएम कप) हुने भएको छ । गण्डकी प्रदेश क्रिकेट संघको आयोजनामा एक दिवसीय पिएम कपका लागि गण्डकीको छनोट खेल हुने भएको हो ।

बिहीबारदेखि चैत ३ गतेसम्म पोखरामा गण्डकी प्रदेशस्तरीय प्रतियोगिता हुन लागेको अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । प्रतियोगिता पोखरा रंगशालास्थित क्रिकेट मैदान र लेखनाथस्थित इडन हेवन क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा कास्कीसहित बागलुङ, स्याङ्जा, तनहुँ, पर्वत र नवलपुरको सहभागिता रहने अध्यक्ष सिग्देलले जानकारी दिएका छन् ।

प्रतियोगितामा संघमा आबद्ध भएका गण्डकीका जिल्लाहरूको सहभागिता रहेको उनले बताए । उनका अनुसार यसअघि पिएम कपको जिल्ला छनोटका खेलहरू भएका थिए । सोही आधारमा गण्डकी प्रदेशस्तरीय छनोट खेल हुन लागेको उनले बताए ।

‘प्रतियोगिताबाट गण्डकीको टिम छनोट हुनेछ । यो प्रदेशको टिममा पर्ने अवसर पनि हो । यसपछि राष्ट्रिय प्रतियोगितामा सहभागी हुनेछ’ उनले भने, ‘खेलाडीहरूले प्रदर्शन गरेको उत्कृष्ट क्षमताका आधारमा राष्ट्रिय प्रतियोगिताका लागि सम्भावित २४ जना उत्कृष्ट खेलाडीहरू छनोट गरी उनीहरूलाई बन्द प्रशिक्षणका लागि आह्वान गरिनेछ, त्यसपछि गण्डकीको टिम बन्ने छ ।’

छनोट खेल सकिएलगत्तै चैत ४ देखि ७ गतेसम्म अभ्यास तथा फिटनेस परीक्षण गरिने सिग्देलले जानकारी दिए । आगामी चैत ७ गतेदेखि बागमती र मधेश प्रदेशमा पिएम कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना हुँदै छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->