बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मनकामनाबाट फर्केको माइक्रो दुर्घटना हुँदा ६ जनाको मृत्यु

मनकामनाबाट फर्केको माइक्रो दुर्घटना हुँदा ६ जनाको मृत्यु

८ जनाको उद्धार  गरेर आँबुखैरेनी अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३० २०८२, शनिबार

गोरखा/ मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ । शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको माइक्रो बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।

बागमती प्रदेश ००६ ख ८४३० नम्बरको सो माइक्रोमा मनकामना दर्शन गर्न आएका तीर्थयात्रीसहित १४ जना सवार रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा ६ जनाको मृत्यु भएको र अन्य ८ जनाको उद्धार  गरेर आँबुखैरेनी अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउनै बाँकी छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->