बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

माइक्रो दुर्घटना अपडेट: मृत्यु हुने सबै भारतीय, मृतकको संख्या ७ पुग्यो

माइक्रो दुर्घटना अपडेट: मृत्यु हुने सबै भारतीय, मृतकको संख्या ७ पुग्यो

माइक्रोमा मनकामना दर्शन गर्न आएका १४ जना तीर्थयात्री, चालक र सहचालक गरी १६ जना रहेको ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख सुरज अर्यालले बताए ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३० २०८२, शनिबार

पोखरा / मनकामना मन्दिर दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्री बोकेको माइक्रो बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । मृतक दुई महिला र पाँच पुरुष रहेको र उनीहरु मनकामना दर्शन गर्न आएका भारतीय नागरिक भएको गोरखा प्रहरीले जनाएको छ ।

गोरखाको सहिद लखन–३ कान्टारमा सडकबाट करिब दुई सय मिटर तल खसेर बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो बस दुर्घटना भएको हो । माइक्रोमा मनकामना दर्शन गर्न आएका १४ जना तीर्थयात्री र चालक र सहचालक गरी १६ जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख सुरज अर्यालले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->