शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

एसियन कप फुटबलको उपाधि जापानले जित्यो

एसियन कप फुटबलको उपाधि जापानले जित्यो


  • ढाेरपाटन संवाददाता
  • चैत्र ७ २०८२, शनिबार

काठमाडौं/एएफसी महिला एसियन कप फुटबल प्रतियोगिताको उपाधि जापानले जितेको छ । शनिबार सिड्नीस्थित स्टेडियम अस्ट्रेलियामा भएको फाइनल खेलमा जापानले अस्ट्रेलियालाई १–० ले पराजित गर्दै उपाधि उचालेको हो ।

जापानको जितमा माइका हमानोले पहिलो हाफमै गरेको गोल निर्णायक बन्यो । उनले खेलको १७ औँ मिनेटमा बायाँतर्फबाट आएको पासलाई पछाडि फर्केर नियन्त्रण गर्दै बक्स बाहिरबाट शक्तिशाली प्रहार गर्दै गोल गरिन् ।

यसअघि पनि जापानले २०१४ र २०१८ मा फाइनलमा अस्ट्रेलियालाई हराउँदै उपाधि जितेको थियो । पछिल्ला चार संस्करणमध्ये तीन पटक उपाधि जित्दै जापानले एशियाली महिला फुटबलमा आफ्नो प्रभुत्व कायम राखेको छ ।

यस प्रतियोगिताबाट शीर्ष ६ टोलीले आगामी वर्ष ब्राजिलमा हुने फिफा महिला विश्वकपका लागि छनोट भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->