शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

प्याराग्लाइडिङमा चीन र भारतलाई उपाधि

प्याराग्लाइडिङमा चीन र भारतलाई उपाधि


  • ढोरपाटन संवाददाता
  • चैत्र ८ २०८२, आइतबार

पोखरा/नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पोखरामा जारी २१औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप–२०२६ को उपाधि चीन र भारतले जितेको छ ।

एक्यूरेसी पुरुष एकलतर्फको विधामा भारतका अक्षय कुमार र चीनका झोउ चेन समान ७÷७ अंकसहित संयुक्त रूपमा प्रथम भए । त्यसैगरी, भारतका अलिस्तर रुमतेल, मनीष उप्रेती र इमान रुम्तेलले समान ८÷८ अंकसहित संयुक्त तेस्रो भएका छन् । नेपाली खेलाडीहरूमध्ये अरुण जालारी र पवन परियार ११÷११ अंकसहित संयुक्त छैटौँ स्थानमा रहे ।

यसैगरी, भारतका मोहर सिंह, नेपालका रिखी पोडे र विष्णु तिमिल्सिना तथा भारतका सोनम लद्दाखी १२ अंकसहित संयुक्त आठौँ स्थानमा छन् । अन्य नेपाली खेलाडीमध्ये अञ्जन कुँवर १३ अंकसहित १२औँ स्थानमा रहँदा सुमन जंग थापा १६ अंकसहित १३औँ स्थानमा छन् । एक्यूरेसी टिम इभेन्टतर्फ भारतीय मिक्स टोलीले जितेको छ । ११ टोली सहभागी रहेको प्रतिस्पर्धामा भारत ३८ अंकसहित शीर्ष स्थानमा छ । इन्डो–नेपाल संयुक्त टोली ६७ अंकसहित दोस्रो र टिम नेपाल १०९ अंकसहित तेस्रो भयो ।

यता महिलातर्फको एकल प्रतिस्पर्धामा चीनकी कङ सियाङ यान प्रथम भइन् । नेपालकी दुर्गा माया गुरुङ १२६ अंकसहित दोस्रो हुँदा भारतकी श्रेयशी तामाङ १४९ अंकसहित तेस्रो स्थान हासिल गरिन् ।

त्यसैगरी, नेपालकी इस्का राई ३५४ अंकसहित चौथो स्थानमा रहँदा कृषु पौडेल ५२६ अंकसहित पाँचौँ स्थानमा छन् । मौसम तथा हावाको अवस्थाले खेलमा प्रभाव पारेपछि शुक्रबारकै नतिजालाई निर्णायक बनाईएको थियो ।

प्रतियोगितामा नेपाल, भारत, इटाली, जर्मनी र चीनका गरी ५ देशका ६२ खेलाडी सहभागी छन्, जसमा पुरुषतर्फ ५२ र महिलातर्फ १० जना रहेका छन् ।

प्रतियोगिताको पुरुष व्यक्तिगततर्फ विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । समूहतर्फ विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गरे । महिलातर्फ विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->