पोखरा/पोखरा १४ छिनेडाँडास्थित नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले राष्ट्रियस्तरको क्यापिटल मार्केट क्विज प्रतियोगिता आयोजना गरेको छ ।
शनिबार सम्पन्न प्रतियोगितामा पोखराको पृथ्वीनारायण क्यम्पसको मानव पोखरेल र किस्मत पौडेलको टोली प्रथम भएको छ । उक्त टोलीले ६० हजार रुपैयाँ प्राप्त गरेको छ ।
फस्ट रनर अप चितवनको प्रेसिडेन्सि कलेज अफ म्यानेजमेन्टको सन्तोष भट्टराई र विजय अधिकारीको टोली भएको छ । उनीहरुले ४० हजार रुपैयाँ प्राप्त गरे । पोखराको त्रिवेणी इन्टरनेशनल कलेजको विनय रिमाल र सागर तिवारीको टोली तेस्रो हुँदै ३० हजार रुपैयाँ प्राप्त गरेको छ ।
युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यसहित ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा आयोजना गरिएको कार्यक्रममा ३५ कलेजका ७० जना विद्यार्थी तथा ३७ टोलीले भाग लिएका थिए ।




