शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

‘स्विकृत नभएको अधिवेशनमा नजानु’

‘स्विकृत नभएको अधिवेशनमा नजानु’

प्रदेश खेलकुद परिषद् गण्डकीले ११ जिल्लालाई पत्रचार गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा सहभागि नहुन पत्राचार गरेको छ ।


  • ढोरपाटन संवाददाता
  • चैत्र ९ २०८२, सोमबार

पोखरा/यतिबेला नेपाली फुटबल धरासायी अवस्थामा पुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले फुटबललाई भन्दा बढि आफुलाई पुनः पदाधिकारीमै दोहोरिनका लागि अनेकौं प्रपञ्च रचिरहेका छन् ।

नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बारम्बार पत्राचार गर्दै अधिवेशन रोक्न निर्देशन दिइरहेको छ । राखेपमात्रै होइन अदालतको समेत आदेश छ उता खेलाडीहरु समेत पटक पटक आन्दोलिन भइरहेका छन् । खेलाडीलाई ए डिभिजन लिग चाहिएको छ भने पदाधिकारीलाई पद । गएको माघमा पाटन उच्च अदालतले अग्रिम निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

तर, एन्फाले यि सबै कुरालाई वेवास्ता गर्दै निर्वाचन जसै गराउन लागेको छ । अधिवेशन गर्न लागेपछि गण्डकी प्रदेश खेलकुद परिषदले भने प्रदेशभित्र रहेका र एन्फामा आबद्ध फुटबल संघलाई लक्षित गर्दै ११ जिल्लालाई पत्राचार गरेर अधिवेशनमा सहभागि नहुन निर्देशन गरेको छ । खेलकुद विकास ऐन अनुसार राखेप र प्रखेप निर्णकारी निकाय रहेको भन्दै राखेपको स्विकृत वेगरको निर्वाचनमा सहभागि नहुन पत्राचार गरेको छ ।

प्रदेश खेलकुद परिषद् गण्डकीले ११ जिल्लालाई पत्रचार गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनमा सहभागि नहुन पत्राचार गरेको छ ।

पत्रमा भनिएको छ, ‘अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय साधारण सभा (अर्डिनरी कांग्रेस) तथा निर्वाचनमा जिल्ला फूटबल संघहरुबाट समेत सहभागिता हुने व्यवस्था भएकोमा यस परिषद अन्तर्गत रहेका जिल्ला खेलकुद विकास समितिहरुमा जिल्ला फूटबल संघहरु उल्लेखित कानूनी व्यवस्था अनुसार दर्ता र नविकरण नै नभएको अवस्थामा समेत केहि जिल्ला फुटबल संघको तर्फबाट आसन्न साधारण सभा तथा निर्वाचनमा मतदाता र प्रतिनिधी भई उपस्थित र सहभागिता हुनु कानुन संगत हुन सक्दैन ।’

राखेपले एन्फाको साधारण सभा तथा निर्वाचनको सम्बन्धमा परिषदको स्वीकृती नभएको र निर्देशन विपरित अटेर र बेवास्ता गरि पुनःनिर्वाचन सम्बन्धी यप तालिका प्रकाशन गरिएको विभिन्न सामाजिक संजाल मार्फत जानकारी प्राप्त भएकोले परिषदको गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।

एन्फाले हालै मात्र आयोजना गरेको राष्ट्रिय लिग र महिला ए डिभिजन लिग समेत स्थगित गरेको छ । लामो समयदेखी ए डिभिजन लिग नहुँदा खेलाडीहरु आन्दोलित भइरहेका छन् । एन्फाले पटक पटक ढाँट्दै लिग नगराउने व्यवहारले ए डिभिजन क्लबहरु समेत आन्दोलित भइरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->