बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बजेट अभावले विद्यालय भवन निर्माण अधुरो

बजेट अभावले विद्यालय भवन निर्माण अधुरो


  • ढाेरपाटन संवाददाता
  • चैत्र १० २०८२, मंगलबार

पर्वत/ जिल्लाको विहादी गाउँपालिकाको एक आधारभूत विद्यालयको भवन निर्माण विगत तीन वर्षदेखि अधुरो बनेको छ। विहादी गाउँपालिका–४ वहाकीको लिम्सिङस्थित रम्बादेवी माता आधारभूत विद्यालयको निर्माणाधीन आठ कोठे पक्की भवन आर्थिक अभावमा अधुरो बनेको हो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत शिक्षा मन्त्रालयबाट विनियोजित ३६ लाख बजेटमा निर्माण थालिएको थियो । थप बजेट व्यवस्थापन हुन नसक्दा भवन निर्माण स्थगित भएको हो। भवन सम्पन्न नहुँदा विद्यार्थी कष्टकर अवस्थामा अध्ययन गर्न बाध्य छन् । चार कक्षासम्म पढाइ हुने विद्यालयमा हाल १९ जना विद्यार्थी रहेको प्रधानाध्यापक शिवानी पुनले जानकारी दिए। विद्यार्थीलाई भवनको भूँई तलाको टिनले बारिएको कोठामा पढाउँदै आएको उनले बताए।

साना बालबालिकालाई टिनले बेरेको कोठामा राख्दा हावाहुरी आउँदा कतै टिन उडाएर घाइते बनाउँछ कि भन्ने चिन्ताले अभिभावक र शिक्षकलाई सताउने गरेको प्रधानाध्यापक पुनले गुनासो गरे ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->