शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कालिका कप भलिबलमा घले हार्वेष्टिङ सेमीफाइनलमा

कालिका कप भलिबलमा घले हार्वेष्टिङ सेमीफाइनलमा


  • ढाेरपाटन संवाददाता
  • चैत्र १२ २०८२, बिहिबार

बागलुङ/चैतेदशैं मेलाको अवसरमा यहाँ आयोजित खुला पुरुष भलिबल प्रतियोगितामा घले हार्वेस्टिङ अष्टे«लिया सेमीफाइनल प्रवेश गरेको छ ।

बिहिबार भएको पहिलो क्वाटरफाइनल खेलमा घले हार्वेष्टिङले बागलुङको भीमापोखरा खेलकुद विकास समितिलाई सोझो तीन सेटमा पराजित गरेर सेमीफाइनल यात्रा तय गरेको हो । बिहिबार भएको खेलमा घलेले २५–१०, २५–१४ र २७–२५ अंकले जित निकालेको हो ।

त्यसअघि बागलुङ कालीका उद्यानमा भएको खेलमा गौडाकोट युथ क्लबलाई पराजित गरेर रायडाँडा खेलकुद विकास समिति क्वाटरफाइनल प्रवेश गरेको छ । रायडाँडाले गौंडाकोटमाथि २६–२४, २६–२४, १८–२५ र २५–१४ को सेटमा जित निकालेको हो । रायडाँडाले सेमीफाइनल यात्राका लागि बागलुङ नगर खेलकुद विकास समितिसँग खेल्नेछ ।

लिक कम नकआउटमा खेलाइएको खेल जित्नेले ३ लाख नगद पुरस्कार पाउने आयोजक कालीका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिए । पुरुष भलिबलमा ८ टिम सहभागि छन् । खेल शनिबारसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->