पोखरा/माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप,गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि बौदीकालिले हात पारेको छ । विजेता बनेको बौदीकालिले नगद २ लाख ट्रफी र मेडल प्राप्त ग¥यो ।
प्रतियोगितामा सुक्ला गण्डकी नगरपालिका तनहुँले उपविजेतामा चित्त बुझायो । सुक्लाले नगद २ लाख ट्रफी र मेडल प्राप्त ग¥यो । सेमिफाइनल उपविजेता अन्नपूर्ण र बिरुवा गाउँपालिकालाई नगद २५/२५ हजार साथमा ट्रफी,मेडल प्राप्त गरे ।
पुरु तर्फ बौदीकालिका हिमाल सुनारी उत्कृष्ट खेलाडी, सुक्ला गण्डकीका इश्वर सुंवार उत्कृष्ट स्पाईकर, बौदीका विश्वास अधिकारी उत्कृष्ट ब्लकर, शुक्लाका अशोक मल्ल उत्कृष्ट सेटर, बौदीकालिका अशोक श्रेष्ठ उत्कृष्ट सर्भर, शुक्लाका मदन ठकुरी वेस्ट डिफेन्डर र उत्कृष्ट प्रशिक्षक बौदीका जित बहादुर थापा घोषित भए । उनीहरूलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक प्रदान गरिएको थियो ।

त्यसैगरी महिलातर्फको उपाधि एलिट भलिबल एकेडेमीले जित्यो । विजेता एलिटले नगद ६० हजार साथमा ट्रफी र मेडल प्राप्त ग¥यो । शान्ता भलिबल ट्रेनिङ सेन्टर द्धितिय भई नगद ३० हजार साथमा ट्रफी, मेडल प्राप्त ग¥यो । सेमिफाइनलमा उपविजेता बनेको टिम बागलुङ र बागलुङ जौमुनिले नगद १५/१५ हजार प्राप्त गरे ।
एलिटकी जेनीसा वि.क उत्कृष्ट खेलाडी, शान्ताकी साजना नेपाली उत्कृष्ट स्पाइक, उत्कृष्ट ब्लकर सलिना गुरुङ र एलिटकी रोस्मिना गुरुङ उत्कृष्ट सेटर, रिक्जना भोटे उत्कृष्ट सर्भर र शान्ताकी पृथ्वी धा उत्कृष्ट डिफेन्डर साथै एलिटकी मलिन रोका उत्कृष्ट प्रशिक्षक घोषित भइन । उनीहरूलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक प्रदान गरिएको थियो ।





