शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

घले हार्भेष्टिङ ‘कालीका कप’ भलिबलको फाइनलमा

घले हार्भेष्टिङ ‘कालीका कप’ भलिबलको फाइनलमा


  • ढोरपाटन संवाददाता
  • चैत्र १४ २०८२, शनिबार

बागलुङ/बागलुङ कालीका भगवती मन्दिर परिसरमा जारी ‘कालीका कप’ पुरुष भलिबलमा घले हार्भेष्टिङ अष्ट्रेलिया फाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा गौंडाकोट युवा क्लबलाई ३–० को सोझोमा पराजित गर्दै घले हार्भेष्ट्रिले फाइनल यात्रा पक्का गरेको हो ।

नेपाल प्रहरीका खेलाडिले भरिएको घले हार्भेष्टिङले गौडाकोटमाथि हाबी बन्दै २५–११, २५–१६ र २५–१६ को जित निकालेको हो । घले हार्भेष्टिङले आइतबार हुने दोस्रो सेमीफाइनल खेलको विजयी टोलीसंग फाइनल खेल खेल्ने छ । आइतबार बिहान सिद्वार्थ चश्मा घरविरुद्व आदित्य होल्डिङ तित्याङले सेमीफाइनल खेल खेल्ने छ ।

यस्तै, शनिबार सम्पन्न सेमीफाइनल खेल जित्दै शान्ति मावि पोखरा र इलाइट भलिबल एकेडेमी पोखरा ‘कालीका कप’ महिला भलिबलको फाइनलमा प्रवेश गरेका छन् । शान्ति माविले सृष्टि फर्निचर धवलागिरि वीरेन्द्र मावि र इलाइट भलिबल एकेडेमीले जैमिनी नगरपालिकालाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । फाइनल खेल आइतबार दिउँसो हुने आयोजकले जनाएको छ ।

लगातार दुई सेट खेल जितेपनि तेस्रो सेटमा धर्मराएको सृष्टिमाथि शान्ति मावि हाबी बन्यो । शान्ति माविले सृष्टिविरुद्व २४–२६, १५–२५, २५–११, २५–२२ र १५–१० अंकले जित निकाल्दा इलाइटसंग निरीह बनेको जैमिनीले लगातार ३ सेट खेल गुमाउँदै प्रतियोगिताबाट बाहिरियो । इलाइटले जैमिनीविरुद्व २५–१६, २५–११ र २५–२१ अंकको जित निकालेको रेफ्री संयोजक किशोर थापाले जानकारी दिए ।

बागलुङको ऐतिहासिक चैत्राष्टमी मेलाको अवसरमा बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले आयोजना गरेको खुल्ला पुरुष भलिबलको विजेताले नगद ३ लाख रुपियाँ, द्वितीयले १ लाख ५० हजार नगद मेडल ट्रफी र प्रमाणपत्र र तृतीयले ५० हजार रुपियाँ, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई नगद ५ हजारले पुरस्कृत गरिनेछ ।

महिला भलिबलमा प्रथम हुनेले नगद १ लाख, द्वितीय हुनेले नगद ५० हजार र तृतीय हुनेले नगद २५ हजार रुपियाँ मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । महिला भलिबलमा पनि विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजार रुपियाँका दरले पुरस्कृत गरिने प्रतियोगिता संयोजक सचिन खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->