शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कालीका कप घले हार्भेस्टिङको पोल्टामा

कालीका कप घले हार्भेस्टिङको पोल्टामा


  • ढाेरपाटन संवाददाता
  • चैत्र १६ २०८२, सोमबार

बागलुङ/चैत्राष्टमी मेलाको अबसरमा आयोजित खुला पुरुष भलिबल प्रतियोगिता घले हार्भेस्टिङ अष्ट्रेलियाले जितेको छ । सोमबार बागलुङ कालीका उद्यानमा खचाखच दर्शकमाझ भएको फाइनल खेलमा सिद्दार्थ चस्मा घरलाई पराजित गरी घलेले उपाधि जितेको हो ।

नेपाल पुलिस क्लबका खेलाडीको बाहुल्यता रहेको घले हार्भेस्टिङ अष्ट्रेलिया र गण्डकी प्रदेश भलिबल टिमको बाहुल्यता रहेको सिद्दार्थबीच भएको खेलमा उपाधिकालागि घलेले कडा संघर्ष गर्नु परेको थियो । पहिलो खेलमा २६–२४को अंकले जित निकालेको घलेले दोश्रो र तेस्रो खेलमा हार व्यहो¥यो । सिद्दार्थले दोश्रो खेलमा २५–२३, तेस्रो खेलमा २५–१९ को सेटमा जित निकाल्दा चौथो खेलमा भने घलेले २५–१६ मा खेल अगाडि बढायो ।

जितकालागि अन्तिम खेलमा प्रवेश गर्दा घलेले सिद्दार्थलाई १५–८ मै हरायो । सयौं दर्शकको समर्थत सिद्दार्थलाई भएपनि खेल भने घलेको पोल्टामा गयो । खेल जितेर घलेले ३ लाख नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पायो । सिद्दार्थले २ लाख रुपैया“मा चित्त बुझायो । आइतवार फाइनल खेल शुरु भएपनि बर्षातले रोकिएपछि सोमबार दिउसो मात्रै संचालन भएको थियो ।

फाइनल प्रवेशकालागि घलेले गौंडाकोट युथ क्लबलाई शनिवार २५–११, २५–१६ र २५–१६ को सोझो सेट जितेको थियो । सिद्धार्थ चश्मा घरले भने आदित्य होल्डिङ तित्याङलाई २५–१९, २५–२३ र २५–१७ को सेटमा खेल जितेर फाइनल यात्रामा आइपुगेको थियो । खेलमा घले हार्भेष्टिङ अष्ट्रेलियाका पहल गहतराज सर्वोकृष्ठ खेलाडी घोषित भए । सिद्दार्थका सन्तोष बिक र घलेकै बलराम गुरुङ उत्कृष्ठ भए । उत्कृष्ठ खेलाडीलाई जनही ५ हजार नगद पुरस्कार र प्रमाणपत्र दिइएको कालीका गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले बताए । डिफेन्डरतर्फ सिद्दार्थका राजन दर्लामी, राइजिङ प्लेयरमा घलेका रेसम बिक,सर्भरमा घलेकै बिष्णु बस्नेत, ब्लकरमा सिद्दार्थका हिमाल सुनारी र उत्कृष्ठ कोचमा घलेका मुकेश सेन्चुरी घोषित भएको खेल संयोजक किसोर छन्त्यालले जानकारी दिए ।

खुला महिला भलिबल प्रतियोगिताको उपाधी इलाइट भलिबल एकेडेमी पोखराले हात पारेको छ । आइतवार भएको फाइनल खेलमा इलाइटले शान्ता माबि पोखरालाई सोझो ३–० सेटमा पराजित गरेको हो ।

बागलुङ कालीका उद्यानमा भएको खेलमा इलाइटले २५–२३, २५–२२ , २५–२३ को सेटमा खेल हात पारेको हो । प्रतिस्पर्धात्मक खेलमा शान्ता माबिले परिणाम भने निकाल्न नसकेको हो । प्रथम भएर इलाइटले १ लाख रुपैया“ नगर पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । दोश्रो भएर शान्ता माबिले ५० हजार रुपैया“मा चित्त बुझायो ।

चैतेदशै मेलालाई उत्कृष्ठ बनाउन बागलुङ कालीका गुठी व्यवस्थापन समितिले हरेक बर्ष खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता राख्दै आएको छ । चैतको ९ गतेदेखि संचालित चैतेदशै मेला भने १७ गते मंगलवार सम्म संचालन हुने आयोजकले बताएका छन् । मेलामा राष्ट्रिय कलाकारको पनि प्रस्तुती थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->