पोखरा/नव वर्ष–२०८३ अवसरमा पर्यटकीय राजधानी पोखरामा पर्यटन प्रवद्र्धन सम्बन्धी हुन लागेका दुई इभेन्टबीच आपसी सहकार्य हुने भएको छ । पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रको आयोजनामा चैत २८ गते पहिलो संस्करणको नाइट रन (रात्रिकालीन दौड) हुँदैछ भने होटल संघ पोखरा नेपालले चैत २९ देखि वैशाख १ सम्म २१ औं संस्करणको फेवा नव वर्ष महोत्सव गर्दैछ ।
सो सम्बन्धमा दुवै आयोजक बीच आपसी सहकार्य र आवश्यक प्रचारप्रचार सँगसँगै गर्नेबारे महोत्सव आयोजक होटल संघ पोखरा नेपाल र दौड प्रतियोगिता आयोजकबीच सम्झौता भएको हो । होटल संघ अध्यक्ष लक्ष्मण सुवेदीले यो सहकार्यले दुबै कार्यक्रम सफल पार्न सघाउ पुग्ने बताए । उनले पोखरा क्षेत्रको खेलसहितको पर्यटन प्रबद्र्धन गर्नु रहेकाले सहकार्य गरिएको जनाए ।
दौड प्रतियोगिता संयोजक दीननाथ बरालले लामो इतिहास बनाएको संस्था होटल संघसँगको सहकार्यले खेलकुदसहित रात्रिकालीन व्यवसाय एवं पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।





