शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अर्जुन बने पिएम कपमा छिटो एक हजार रन बनाउने खेलाडी

अर्जुन बने पिएम कपमा छिटो एक हजार रन बनाउने खेलाडी

कोशी विरुद्ध शतकिय अविजित पारी खेल्दै अर्जुनले पिएम कपमा सबैभन्दा छिटो एक हजार रन बनाउने खेलाडी बनेका हुन् । उनले २५ खेलमा एक हजार रन बनाएका हुन् । जुन पिएक कपको इतिहासमै सबैभन्दा छिटो एक हजार रन बनाउने कीर्तिमान हो ।


  • ढाेरपाटन संवाददाता
  • चैत्र २२ २०८२, आइतबार

पोखरा/गण्डकी प्रदेशका ओपनर ब्याटर अर्जुन कुमाल प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा सर्वाधिक छिटो एक हजार रन बनाउने खेलाडी बनेको छन । शनिबार कोशी विरुद्ध शतकिय अविजित पारी खेल्दै अर्जुनले पिएम कपमा सबैभन्दा छिटो एक हजार रन बनाउने खेलाडी बनेका हुन् । उनले २५ खेलमा एक हजार रन बनाएका हुन् । जुन पिएक कपको इतिहासमै सबैभन्दा छिटो एक हजार रन बनाउने कीर्तिमान हो ।

अर्जुनको उत्कृष्ट प्रदर्शनीमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीले दोस्रो जित निकाल्यो । शनिबार टस जितेर ब्याटिङ रोजेको गण्डकीका लागि अर्जुन कुमालको धैर्यपूर्ण शतकिय पारीमा खेलेका थिए । नटआउट रहँदै उनले १४१ बलमा ८ चौकाको मद्धतमा १०२ रन बनाए ।

५० ओभरको पारी सकिनु अघी गण्डकी ७ विकेटको क्षतीमा २२७ रन बनायो । खेलमा अर्जुन प्लेयर अफ दि म्याच बने । गण्डकीले खेल ३९ रनले जित्दै महत्वपूर्ण ३ अंक बटुलेको छ । गण्डकीले आफ्ना ६ खेलमा चारमा हार र दुईमा जित हात पारेको छ । यता कोशी भने कुनै खेल जित्न सकेको छैन ।

४६ रनमै ६ विकेट गुमाएर संकटमा परेको गण्डकीलाई कप्तान विपिन खत्री र अर्जुन कुमालले उद्धार गरे । सातौँ विकेटका लागि मैदान प्रवेश गरेका विपिनले ८६ बलमा ७६ रन जोडे । उनले २ छक्का र ६ चौका प्रहार गर्दै इन्ङ्स ठूलो बनाए। दुवैले मिलेर १६७ रनको महत्वपूर्ण साझेदारी गर्दै गण्डकीलाई सम्मानजनक स्कोरसम्म पु¥याए ।

कोशीका लागि दिपेश कँडेलले १० ओभरमा १८ रन दिएर ४ विकेट लिए ।

यता जवाफी व्यटिङका लागि आएको कोशी पुरै ५० ओभर खेल्दै १८८ रन मात्र बनाउन सक्यो । कोशीका लागि दिपेश कँडेलले ५२ रन बनाए । गण्डकीका बलर सिव्रीन श्रेष्ठले ३ विकेट लिए भने सुभाष भण्डारी र अपराजित पौडेलले समान २–२ विकेट तथा विपिन खत्री र कमल परियारले समान १–१ विकेट लिए ।

प्रतियोगितामा सातै प्रदेशका टिमसहित तीन विभागीय टिम गरी कुल १० टिमको सहभागिता रहेको छ । जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका टिम रहेका छन् ।

‘सिंगल राउन्ड रोबिन’ प्रणालीको आधारमा हुने यो प्रतियोगिताका दुई शीर्ष टिमले फाइनलको निम्ति प्रतिस्पर्धा गर्नेछन् । पीएम कप अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । नेपाल पुलिस क्लबले सबै भन्दा धेरै ४ पटक जितेको छ भने त्रिभुवन आर्मी र एपीएफ क्लबले २–२ पटक जितेका छन् । पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब रहेको छ ।

एकदिवसीय फम्र्याटमा हुने पीएम कपको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख पाउने क्यानले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->