शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखरामा मनाइयो अन्तर्राष्ट्रिय खेलकुद दिवस

पोखरामा मनाइयो अन्तर्राष्ट्रिय खेलकुद दिवस


  • ढोरपाटन संवाददाता
  • चैत्र २४ २०८२, मंगलबार

पोखरा/पोखरामा अन्तराष्ट्रिय खेलकुद दिवस मनाइएको छ । सोमवार छ अप्रिल अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो ।

नेशनल ओलम्पिक एकेडेमी नेपालको आयोजना तथा नेपाल भुर्तपूर्व खेलाडि मञ्चको सह–आयोजनामा भएको कार्यक्रममा ओलम्पिक अभियान र माइन्डफुलनेस इन स्पोट्र्स विषयमा छलफल भएको हो ।

नेपाल ओलम्पिक कमिटिका प्रेसिडेन्ट जीवनराम श्रेष्ठले ओलम्पिक कमिटिले खेलकुदको क्षेत्रमा गरेका गतिविधिमा चर्चा गरेका थिए । उनले खेल क्षेत्रमा परिणाम ल्याउने गरी सफलता हासिल गर्न नसकेको गुनासो गरे ।

नेशनल ओलम्पिक ऐकेडेमी नेपालका अध्यक्ष तेजबहादुर गुरुङले प्राचिन ओलम्पिक देखि आधुनिक ओलम्पिकको इतिहासबारेमा बताएका थिए । उनले बर्तमान परिवेशमा युवा तथा समाजमा देखा पर्दै गएका मानसिक स्वास्थ जुन चुनौतिपूर्ण अवस्था रहेको बताए ।

नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले भूतपूर्व खेलाडी मञ्चले नेशनल ओलम्पिक एकेडेमीसँग सहकार्य गरेर कार्यक्रम गदै आइरहेको बताए । छ अप्रिलको सन्र्दभपारेर मञ्चले ५ किमी दौड सम्पन्न भएको उल्लेख गरे ।

गण्डकी विश्वविद्यालयका चान्सलर प्राध्यापक डा.इन्द्रप्रसाद तिवारीले बिश्वविद्यालयमा रहेको खेल विभागले गरेका गतिबिधिको बारेमा जानकारी गराएका थिए ।

नेशनल ओलम्पिक एकेडेमि नेपालका कार्यकारी सदश्य हरिप्रसाद पराजुलीले दिवसले खेलकुदका माध्यमबाट शान्ति,सहिष्णुता, समावेशिता र समाजिक विकासको प्रवद्धन गर्न सहयोगल पुग्ने बताए ।

कार्यक्रममा नेपाल भूतपूर्व खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाट,पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की,माहसचिव शोभा गौतम,पश्चिम पृतना हेडक्वाटर विजयपुरका महासेनानी रघुनाथ पौडेल,खेल क्षेत्रमा लाग्ने खेलकर्मीहरु, खेलाडी, प्रशिक्षकलगायत समाजका शिक्षा क्षेत्रका अगुवाहरु र समुदायका अग्रज व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->