शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जेसीज कप फुटबल : बागलुङ, कालिका र एभिएम विजयी

जेसीज कप फुटबल : बागलुङ, कालिका र एभिएम विजयी


  • ढाेरपाटन संवाददाता
  • चैत्र २४ २०८२, मंगलबार

बागलुङ/गण्डकी प्रदेश स्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फुटबल प्रतियोगितामा आदर्श विद्यामन्दिर (एभिएम), बागलुङ सुधार केन्द्र र बागलुङ कालिका युवा क्लबले विजयी शुरुवात गरेका छन् ।

मंगलबार बाङेचौर खेलमैदानमा सम्पन्न खेलमा एभिएमले सेभेन एट फुटसललाई ०–८ गोल, बागलुङ सुधार केन्द्रले प्रबुद्व युवा क्लबलाई ०–४ र बागलुङ कालिका युवा क्लबले बागलुङ स्पोर्टस् क्लबलाई ४–५ गोलले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् ।

प्रतियोगिताको दोस्रो दिन सम्पन्न पहिलो खेलमा उपाधि दाबेदार मानिएको एभिएमले सेभेन एटमाथि गोलको वर्षा नै ग¥यो । कमजोर प्रतिद्वन्द्वीमाथि हाबी बनेका एभिएका खेलाडिहरु राजिव श्रीस र माइकल मगरले २/२ गोल गर्दा विनम थजाली, अंकित जिसी, सुशान्त क्षेत्री, समृद्व बोहराले १÷१ गोलको योगदान गरे । एभिएमले क्वाटरफाइनल प्रवेशका लागि बिहिबार गुठी युनाइटेडविरुद्व मैदानमा उत्रने छ ।

मंगलबारको दोस्रो खेलमा बागलुङ सुधार केन्द्रले प्रबुद्व युवा क्बलाई सहजै पाखा लगायो । केन्द्रको जितमा मुकुन्द निउरे २ गोल गर्दा विजय छिनाल र आशिष केसीले एक/एक गोल गरे । केन्द्रले पैयु फुटबल क्लब र बागलुङ युनिटी क्लबबीच हुने खेलको विजयी टोलीसंग बिहिबार क्वाटरफाइनल प्रवेशका लागि खेल्ने छ । बागलुङ सुधार केन्द्र ‘अर्ना दोस्रो जेसीज कप’ को च्याम्पियन टोली समेत हो ।

यस्तै ट्राइबेकरमा बागलुङ स्पोर्टस् क्बललाई स्तब्ध बनाउँदै बागलुङ कालिका युवा क्लब दोस्रो चरणमा प्रवेश गरेको छ । निर्धारित समय एक/एक गोलको बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा बागलुङ स्पोर्टस् क्लबका अंकित बस्नेत, समिर राना र विकास थापा गोल गर्न चुक्दा कालिकाले पहिलो जित दर्ता ग¥यो ।

प्रतियोगिताको तेस्रो दिन बुधबार पर्वतको पैयु फुटबल क्लबविरुद्व बागलुङ युनिटी क्लब, कालीजंग गणविरुद्व गण्डकी प्रदेश प्रहरी र बागलुङ कालिका युवा क्लबविरुद्व गहते युवा क्लब मैदानमा उत्रने अयोजक बागलुङ जेसीजका कार्यकारिणी उपाध्यक्ष तथा प्रतियोगिता संयोजक सुभम् राजभण्डारीले जानकारी दिए ।

प्रतियोगिताको विजेता टोलीले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेताले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । सेमिफाइनमा पुग्ने टोलीलाई नगद १२÷१२ हजार रुपियाँ प्रदान गरिने छ । विधागततर्फ सर्वोत्कृष्ट खेलाडि र अनुशासित टोलीलाई नगद १०÷१० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर, मिडफिल्डर र डिफेन्डरलाई नगद ५÷५ हजार रुपियाँ र ट्रफी प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->