शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

चालिस नाघेकाहरुको फुटबल हुँदै

चालिस नाघेकाहरुको फुटबल हुँदै


  • ढोरपाटन संवाददाता
  • चैत्र २५ २०८२, बुधबार

पोखरा/अमरसिंह ब्वाइज क्लबको आयोजनामा हुने चौथो एबीसी राष्ट्रिय एट ए साइड फोर्टी फाइभ प्लस भेट्रान्स फुटवल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आगामी चैत्रको २५ देखि २७ गते सम्म पोखराको रंगशालामा आयोजना हुने उक्त प्रतियोगितामा देशभरका १२ टीमको सहभागीता रहने क्लबका सचिव विजय घिमिरेले जानकारी दिए ।

सार्वजनिक खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेल चैत २५ गते बिहान ८ बजे बौद्ध भेट्रान्स र लेकसाइड भेट्रान्सबीच हुनेछ । सोही दिन दोस्रो खेल एबीसी भेट्रान्स र सानेपा भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ भने जोरपाटी भेट्रान्स र फ्रिडम फाइटर भेट्रान्स आमनेसामने हुनेछन । त्यसैगरी बगर भाइकाखलक भेट्रान्स र चितवन भेट्रान्सबीच खेल हुनेछ ।

चैत २६ गते बिहान ८ बजे लेकसाइड भेट्रान्स र नवा बुद्ध रुपन्देही भेट्रान्सबीच खेल हुने तालिका छ । बिहान १० बजे हेटौंडा भेट्रान्सले अघिल्लो चरणको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यस्तै २७ गते बिहान ९ बजे अभिषेक चर्च ब्वाइज भेट्रान्स र बागडोल युनाइटेड भेट्रान्सबीच खेल हुनेछ भने दिउँसो १ बजे अर्को क्वाटरफाइनल खेल सञ्चालन हुनेछ ।

प्रतियोगिताको सेमिफाइनल खेलहरू चैत २७ गते बिहान ८ र ९ बजे हुनेछन् । फाइनल खेल सोही दिन दिउँसो १ बजे हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगिता भव्य र सभ्य रूपमा सम्पन्न गर्ने तयारी गरिएको छ ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले ७७ हजार ७ सय ७७, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->