बागलुङ/बाङेचौर खेलमा जारी गण्डकी प्रदेश स्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फुटबल प्रतियोगितामा नेपाल आर्मीको कालीजंग गण घोडाबाँधेले लज्जास्पद हार व्यहोरेको छ । बुधबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा गण्डकी प्रदेश प्रहरीले कालीजंग गणको पोष्टमा आधा दर्जन गोल ग¥यो ।
पहिलो खेलमा हाइकर्स युनाइटेडलाई ४–१ गोलले हराएर उपाधि दाबेदारको छनक देखाएको आर्मी वर्षाले हिलाम्य भएको मैदानमा प्रहरीसामु निरीह बन्यो । आर्मीलाई ६–० गोलले पाखा लगाएको गण्डकी प्रदेश प्रहरी प्रतियोगितामा सेमीफाइनल पुग्ने पहिलो टोली बनेको छ ।
प्रहरीले फाइनल प्रवेशका लागि अब मर्दी युनाइटेड र बागलुङ सुधार केन्द्रबीच हुने खेलको विजयी टोलीसंग खेल्ने छ । पहिलो सेमीफाइनल खेल शुक्रबार हुँदैछ ।
प्रहरीलाई जिताउन नवराज गुरुङले दुई गोल गर्दा खेमबहाुर थापा, लक्षु थापा, सुशिल लामा र केश बरामले १÷१ गोलको योगदान गरे । खेल शुरु भएको सात मिनेटै गोल खाएको आर्मीको कमजोर रक्षापंक्तिको फाइदा उठाउँदै प्रहरीले लगातार ५ गोल थप्यो ।
बुधबार सम्पन्न खेल जित्दै मर्दी युनाइटेड र गहते फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मर्दी युनाइटेडले बागलुङ युनिटी क्लबलाई ०–६ गोल र गहते फुटबल क्लबले होली चाइल्डलाई ०–६ गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।
मर्दी युनाइटेडको जितमा आशिष राना मगर र अंकित गुरुङले २÷२ गोल गर्दा टिकाराम गुरुङ र सामिल नेपालीले १÷१ गोल गरे । बागलुङ युनिटीको आयुष पौडेलले सान्त्वना गोल फर्काएका थिए । मर्दीले सेमीफाइनल प्रवेशका लागि बिहिबार हुने खेलमा बागलुङ सुधार केन्द्रको सामना गर्नेछ । केन्द्र दोस्रो संस्करणको जेसीज कप विजेता टोली हो ।
यस्तै होली चाइल्डलाई पराजित गर्दा गहते युवा क्लबका मनिष ठकुरी र रोशन क्षेत्रीले २÷२, सरोज तितुङ र आकाश थापाले १÷१ गोल गरे । गहतेले बिहिबार हुने दोस्रो क्वाटरफाइनल खेलमा बागलुङ कालिका युवा क्लबसंग प्रतिष्पर्धा गर्ने छ ।
प्रतियोगिताको चौथो दिन बिहिबार बागलुङ सुधार केन्द्रले मर्दी युनाइटेड र गुठी युनाइटेड बागलुङले आदर्श विद्यामन्दिर (एभिएम)संग क्वाटरफाइनल खेल खेल्ने छन् ।
प्रतियोगिताको विजेता टोलीले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेताले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । सेमिफाइनमा पुग्ने टोलीलाई नगद १२÷१२ हजार रुपियाँ प्रदान गरिने छ । विधागततर्फ सर्वोत्कृष्ट खेलाडि र अनुशासित टोलीलाई नगद १०÷१० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर, मिडफिल्डर र डिफेन्डरलाई नगद ५÷५ हजार रुपियाँ र ट्रफी प्रदान गरिने छ ।





