शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जेसीज कप फुटबलमा सेमीफाइनल समिकरण पुरा

जेसीज कप फुटबलमा सेमीफाइनल समिकरण पुरा

शुक्रबार हुने पहिलो सेमीफाइनल खेलमा बागलुङ सुधार केन्द्रले गण्डकी प्रदेश प्रहरी र दोस्रो खेलमा गुठी युनाइटेडले गहते युवा क्लबको सामना गर्ने प्रतियोगिताका म्याच कमिसनार सूर्य लामिछानेले जानकारी दिए । बागलुङ सुधार केन्द्र जेसीज कपको दोस्रो र गुठी युनाइटेड तेस्रो संस्करणको च्याम्पियन टोली हो ।


  • ढोरपाटन संवाददाता
  • चैत्र २६ २०८२, बिहिबार

बागलुङ/गण्डकी प्रदेशस्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फुटबल प्रतियोगितामा सेमीफाइनल समिकरण पूरा भएको छ ।
बिहिबार बाङेचौर खेल मैदानमा सम्पन्न खेल जित्दै गुठी युनाइटेड, बागलुङ सुधार केन्द्र र गहते युवा क्लब सेमीफाइनलमा प्रवेशका गरेका छन् । यसअघि बुधबार सम्पन्न पहिलो क्वाटरफाइनल खेल जित्दै गण्डकी प्रदेश प्रहरी सेमीफाइनलमा पुगिसकेको छ ।

बिहिबारको पहिलो खेलमा बलियो प्रतिद्वन्द्वी आदर्श विद्यामन्दिर (एभिएम)लाई ट्राइबेकरमा ५–३ गोलले निराश बनाउँदै डिफेन्डिङ च्याम्पियन गुठी युनाइटेट सेमीफाइनलमा प्रवेश गरेको हो । ट्राइबेकरमा गुठी युनाइटेडका आशिष गुरुङ, राहुल गुरुङ, सम्राट लिम्बु, उडोका र दिप कार्की गोल गर्न सफल भए । एभिएमका दिव्या विक्रम, युवराज ढकाल, माइकल मगरले गोल गर्दा रोनिश रजकको प्रहार गोल बारमा लागेर बाहिरिएको थियो ।

यस्तै, मर्दी युनाइटेड पैयु पर्वतको टोलीलाई १–२ गोलले पराजित गर्दै बागलुङ सुधार केन्द्र सेमीफाइनलमा प्रवेश गरेको छ । खेलको १३ औं मिनेटमा टिकराज गुरुङले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई दिलाएको अग्रता जोगाउन नसक्दा पराजयको पीडा बोक्दै मर्दी युटाइटेड घर फर्किएको छ । खेलको दोस्रो हाफमा बागलुङ सुधार केन्द्रका अभिषेक केसीले गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । खेलको इन्जुरी समयमा विशाल नेपालीले गोल गर्दै केन्द्रको जित सुनिश्चित गरेका थिए ।

बिहिबार सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा बागलुङ कालिका युवा क्लबलाई ०–१ गोलले पराजित गर्दै गहते युवा क्लबले सेमीफाइलको यात्रा तय गरेको छ । गहतेको जितमा दिलिप थापाले २३ औं मिनेतमा निर्णायक गोल गरे ।

शुक्रबार हुने पहिलो सेमीफाइनल खेलमा बागलुङ सुधार केन्द्रले गण्डकी प्रदेश प्रहरी र दोस्रो खेलमा गुठी युनाइटेडले गहते युवा क्लबको सामना गर्ने प्रतियोगिताका म्याच कमिसनार सूर्य लामिछानेले जानकारी दिए । बागलुङ सुधार केन्द्र जेसीज कपको दोस्रो र गुठी युनाइटेड तेस्रो संस्करणको च्याम्पियन टोली हो ।

प्रतियोगिताको विजेता टोलीले नगद २ लाख रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेताले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । सेमिफाइनमा पुग्ने टोलीलाई नगद १२÷१२ हजार रुपियाँ प्रदान गरिने छ ।

विधागततर्फ सर्वोत्कृष्ट खेलाडि र अनुशासित टोलीलाई नगद १०÷१० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर, मिडफिल्डर र डिफेन्डरलाई नगद ५÷५ हजार रुपियाँ र ट्रफी प्रदान गरिने आयोजक जेसीज बागलुङ कार्यकारिणी उपाध्यक्ष सुभम राजभण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->