शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

‘जेसीज कप’को उपाधिका लागि बागलुङ र गहते भीड्ने

‘जेसीज कप’को उपाधिका लागि बागलुङ र गहते भीड्ने


  • ढोरपाटन संवाददाता
  • चैत्र २७ २०८२, शुक्रबार

बागलुङ/गण्डकी प्रदेश स्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फुटबल प्रतियोगिताको उपाधिका लागि बागलुङ सुधार केन्द्र र जोय स्टोर्स एक्स गहते युवा क्लब भीड्ने भएका छन् । शुक्रबार बाङेचौर खेल मैदानमा सम्पन्न सेमीफाइनल खेल जित्दै बागलुङ सुधार केन्द्र र जोय स्टोर्स एक्स गहते युवा क्लबले फाइनल भीड्न्त पक्का गरेका हुन् ।

शुक्रबारको पहिलो सेमीफाइनल खेलमा बागलुङ सुधार केन्द्रले गण्डकी प्रदेश प्रहरीलाई २–१ गोलले पराजित ग¥यो । खेलको १८ औं मिनेटमा पाएको फ्रि–किकलाई बागलुङ सुधार केन्द्रका बिसन गुरुङले सुन्दर गोलमा परिणत गरेका थिए ।

निकै प्रतिष्पर्धात्मक खेलमा दोस्रो हाफको २५ औं मिनेटमा सुधार केन्द्रका बरदान निउरेले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए । दुई गोल खाएपछि दबाबमा परेको प्रहरीले खेलको अतिरिक्त समयमा गोल गरेपनि जितका लागि पर्याप्त हुन सकेन । प्रहरीका दलबहादुर बुढाले ९५ औं मिनेटमा टोलीका लागि सान्त्वना गोल फर्काएका थिए ।

यस्तै दोस्रो सेमीफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन गुठी युनाइटेडलाई २–१ गोलले निराश बनाउँदै जोय स्टोर्स एक्स गहते युवा क्लबले फाइनलको यात्रा तय गरेको हो । खेलमा गुठीले शुरुवाती अग्रता बनाएपनि त्यसलाई जोगाउन नसक्दा उपाधि होडबाट बाहिरिन पुग्यो । खेलको २६ औं मिनेटमा गुठीका निरञ्जन खत्रीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

विपक्षी खेलाडिमाथि खराब ट्याकल गरेपछि गुठीका गोलरक्षक दिप कार्की रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि गुठी दश खेलाडिमा सिमित बन्न पुगेको थियो । दश खेलाडिमा सिमित बनेको गुठीमाथि दबाब बढाउँदै गहतेका आशिष गुरुङले ९ औं मिनेट हेडमार्फत सुन्दर गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए । दोस्रो हाफको २४ औं मिनेटमा गहतेका विक्की चाम्लिङ राइले गोल थप्दै टोलीको जित सुश्निचित गरे ।

प्रतियोगिताको विजेता टोलीले नगद २ लाख रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र तथा उपविजेताले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । सेमिफाइनमा पुग्ने टोलीलाई नगद १२÷१२ हजार रुपियाँ प्रदान गरिने छ ।

विधागततर्फ सर्वोत्कृष्ट खेलाडि र अनुशासित टोलीलाई नगद १०÷१० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट किपर, मिडफिल्डर र डिफेन्डरलाई नगद ५÷५ हजार रुपियाँ र ट्रफी प्रदान गरिने जेसीज बागलुङका कार्यकारिणी उपाध्यक्ष सुभम राजभण्डारीले जानकारी दिए । फाइनल खेल शनिबार दिउँसो हुने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->