आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

कस्केली अधिकृत समाजको शुभकामना आदान प्रदान र भित्तेपात्रो सार्वजनिक

कस्केली अधिकृत समाजको शुभकामना आदान प्रदान र भित्तेपात्रो सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • बैशाख ५ २०८३, शनिबार
पोखरा/ कस्केली अधिकृत समाजले नयाँ वर्ष २०८३ का अवसरमा आज शुभकामना आदानप्रदान एवम् भित्तेपात्रो सार्वजनिक गरेको छ ।
कार्यक्रममा समाजका सल्लाहकार दुर्गाबहादुर शाह (बाबा) ले नयाँ वर्षले व्यक्ति, समाज हुँदै राष्ट्रमा सुख, शान्ति र समृद्धि ल्याउने विश्वास व्यक्त गरे । समाजका गतिविधि आगामी दिनमा अझै सिर्जनात्मक बन्ने विश्वास व्यक्त गर्दै उनले सबैको सामुहिक प्रयासमा संस्थाको महिमा र गरिमालाई अझै उचो बनाउनुपर्ने बताए ।
समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले नयाँ वर्षले सबैमा सकारात्मक सोच विकास गर्दै व्यक्ति, परिवार, समाज हुँदै राष्ट्रको समृद्धिका लागि योगदान गर्न प्रेरणा पदान गर्ने विश्वास व्यक्त गरे । समाजले चाँडै नै गर्न लागिरहेको प्रवद्र्धनात्मक भ्रमणमा उत्साहजनक सहभागिताका लागि पनि उनले आग्रह गरे ।
अध्यक्ष सुवेदीको सभापतित्व एवम् सचिव महेश पौडेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष विष्णुुप्रसाद पोखरेलले गरेका थिए । कार्यक्रममा कृषि विकास बैंक गण्डकी प्रदेश प्रमुख घनेन्द्र अधिकारी, समाजका सल्लाहकारहरू भगवान पन्त, प्रेमप्रकाश गौतम, विष्णुप्रसाद बराल, ऋषिराम लामिछाने, लोकनाथ दवाडी, कार्यसमितिका पदाधिकारी, आजीवन सदस्य  लगायतले नयाँ वर्ष समग्र राष्ट्रको शान्ति र समृद्धिका लागि महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->