पोखरा/पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यू–९ ब्वाइजतर्फ सर्वज्ञ खत्री विजेता बनेका छन् । उनले फाइनलमा कायान चालिसेलाई ५–३, ५–४, ७–५ ले पराजित गरे ।
यू–१४ गल्र्स सिंगल्स क्वाटरफाइनलमा स्वरा थापाले आर्या पौडेललाई ६–४, ६–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिन् । यू–१६ ब्वाइज सिंगल्स सेमिफाइनलमा सन्दीप बिकले सुरेन्द्र बिकलाई कडा प्रतिस्पर्धामा ५–७, ७–५, ६–४ ले हराउँदै फाइनल यात्रा तय गरे ।
यू–१० ब्वाइजतर्फ कायान चालिसेले आयान पन्तलाई ६–०, ६–१ को एकतर्फी जित निकाल्दै फाइनलमा प्रवेश गरे । त्यस्तै, यू–१२ ब्वाइज सिंगल्समा वेदान्त चालिसेले सभ्यजंग कार्कीलाई २–६, ६–४, ६–४ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए ।
आरित मल्लले यू–१२ ब्वाइजतर्फ उत्कृष्ट प्रदर्शन गर्दै शान्श बस्नेतलाई ६–१, ६–१ ले हराए । यू–१२ गल्र्सतर्फ सारा पन्तले थिया श्रेष्ठलाई ६–२, ६–२ ले पराजित गर्दै अगाडि बढिन् ।
यू–१२ गल्र्स सेमिफाइनलमा नाइरा घलेले ताभिसी रानालाई ६–०, ६–४ ले हराइन् भने यू–१० ब्वाइज सेमिफाइनलमा सोनाम घलेले जीवाश भट्टराईमाथि ६–१, ६–३ को जीत निकाल्दै फाइनलमा स्थान बनाए ।
यू–१६ ब्वाइज सेमिफाइनलमा स्पन्दन उदासले डोजन गुरुङलाई ६–२, ७–५ ले पराजित गर्दै फाइनलमा प्रवेश गरे । यू–१४ गल्र्स सेमिफाइनलमा सारा पन्ता र शोरा थापा दुवैले सोझो सेटमा जीत निकाल्दै फाइनल नजिक पुगे । कास्की जिल्ला टेनिस संघको आयोजनामा वैशाख ५ गतेबाट सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल मंगलबार हुने संयोजक लोकबहादुर गुरूङले जानकारी दिएका छन् ।







