शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

टेनिसको यू १८ ब्वाइज सिंगल्सतर्फ दर्शिल र सारा विजेता

टेनिसको यू १८ ब्वाइज सिंगल्सतर्फ दर्शिल र सारा विजेता


  • ढोरपाटन संवाददाता
  • बैशाख ९ २०८३, बुधबार

पोखरा/कास्की जिल्ला टेनिस संघको आयोजनामा मंगलबार पोखरामा सम्पन्न यू १८ ब्वाइज सिंगल्सतर्फ दर्शिल श्रेष्ठले स्वर्ण पदक जिते भने गल्र्स सिंगल्सतर्फ सारा पन्तले यू १२ र यू १४ तर्फ स्वर्ण पदक जितेकी छन् ।

सम्पन्न प्रतियोगिताको यू १८ ब्वाइजतर्फ दर्शिलले फाइनलमा शास्वत बज्रचार्यलाई ६–४, ६–३ को सोझो सेटमा पराजित गरे ।

यू १६ ब्वाइजतर्फ सन्दिप विकले स्पन्दन उदासलाई ६–२, ३–६, ६–१ ले फाइनलमा पराजित गरी स्वर्ण पदक जिते भने सन्दीपले रजत पदक हात पारे । यू १६ गल्र्सतर्फ श्वरा थापाले स्वर्ण जितिने भने ऐरा खत्री रजत पदकमा सीमित भइन् । श्वराले फाइनलमा ऐरालाई ४–६, ६–२, ६–१ को संघर्षपूर्ण जित निकालिन् ।

यू–१२ गल्र्सतर्फ सारा पन्तले फाइनलमा नाइरा घलेलाई ६–२, ६–१ ले हराइन् भने यू १४ तर्फ साराले श्वरा थापालाई ६–४, ६–१ को सहज जित निकाल्दै स्वर्ण पदक जित्दा श्वारा रजत पदक हात पारिन् ।

यू १२ व्वाइजतर्फको फाइनलमा बेदान्त चालिसेले अरित मल्ललाई पराजित गरी स्वर्ण पदक जिते । बेदान्तले अरितलाई फाइनलमा ३–६, ७–६ र ६–२ ले पराजित गरेका थिए ।यू १० ब्वाइजतर्फ कायान चालिसेले फाइनलमा सोनाम घलेलाई ६–२, ६–४ को सोझो सेटमा पराजित गरी स्वर्ण पदक जित्दा यू १४तर्फ आरित मल्लले बेदान्त चासिलेलाई फाइनलमा ६–४, ६–१ ले पराजित गरी स्वर्ण पदक जिते भने आरितले रजत पदक हात पारे ।

प्रतियोगितामा बिजेता खेलाडीहरुलाई प्रतियोगिताका मुख्य प्रायोजक कुमार श्री मोहनबहादुर शाही, उनका नाती भिग्नजित शाही, नेपाल टेनिसका उपाध्यक्ष बिनोद कायस्थ, केन्द्रीय सदस्य विष्णुबहादुर थापा, प्रतियोगिताका संयोजक लोक बहादुर गुरूङ, कास्की टेनिसका द्वितीय उपाध्यक्ष नविन श्रेष्ठ, नेपाल नं १ टेनिस खेलाडी प्रदीप खड्का, टुर्नामेन्ट डाइरेक्टर कुमार अधिकारीले पदक, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्रदान गरेका थिए ।

समापन कार्यक्रम कास्की टेनिसका कार्यबाहक अध्यक्ष नविन चालिसेको अध्यक्षतामा भएको थियो । उनले सो अवसरमा पाँच वर्ष देखि निरन्तर रुपमा आफ्ना नाती भिग्नजीत र नातिनीको मनुश्रीको सम्मानमा कुमार श्री मोहनबहादुर शाहीले निरन्तर मुख्य प्रायोजन गरेर देशकै ठूलो जुनियर प्रतियोगिता आयोजना गर्न हौसला बढाएकोमा आभार व्यक्त गरे ।

यहि बैशाख ५ गतेबाट सञ्चालन भएको प्रतियोगिता ८ वर्ष मुनी देखि १८ वर्ष मुनीका ९० जना जुनियर खेलाडीहरुले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->